ad ad

राजनीति


प्रिन्स ह्यारीका छोरा आर्चीलाई किन राजकुमार भनिएन?

प्रिन्स ह्यारीका छोरा आर्चीलाई किन राजकुमार भनिएन?

नेपालखबर
फागुन २६, २०७७ बुधबार १२:४९,

अन्तर्वार्तामा उनीहरुले शाही पदवी त्याग्नुको कारणहरु प्रस्तुत गरेका छन्।

रंगभेदी व्यवहार बढ्दै गएपछि आफूले मानसिक समस्या झेल्नु परेको र आत्महत्याकै सोच बनाएको मेगनले ओप्रासँग बताएकी छिन्।

अन्तर्वार्ता प्रसारण भएपछि आफ्ना नाति ह्यारी र उनका श्रीमतीले दरबारमा रहँदा चुनौतीपूर्ण समयको सामना गर्नुपरेको भन्दै चिन्ताजनक विषय रंगभेदको विषमया अनुसन्धान हुने बेलायती महारानी इलिजावेथले बताएकी छिन्।

मेगन र ह्यारीले उनीहरूको छोरा आर्चीलाई शाही पदवीबाट बन्चित गरिएको पनि बताएका थिए।

दरबारमा आर्चीको छालाको रङ कतिसम्म कालो हुन्छ भनेर चर्चा भएको र यसै कारण आर्चीलाई राजकुमार पद नदिएको उनीहरुको आशंका रहेको छ। बेलायती शाही परिवारमा मेगन पहिलो गैरगोरा बुहारी हुन्।

वास्तवमा ह्यारी र मेगनको छोरा आर्ची ब्रिटिश सिंहासनका लागि सातौं वरियतामा छन्।

ह्यारीका दाई विलियमका छोरा जर्ज, छोरी सार्लोट र छोरा लुइस वरियतामा आर्चीभन्दा माथि छन्।

मिश्रित जातिकै भएका कारण छोरा आर्चीलाई राजकुमारको पद नदिएको मेगनको भनाइ छ।

आर्चीलाई अलग्याइएको हो? उनलाई राजकुमार किन भनिएन?

आर्चीसँगै महारानी इलिजावेशको ९ नाति–पनाति छन्। उनीहरु सबैलाई राजकुमार र राजकुमारी भनिदैन।

आर्चीका पिता ह्यारी इलिजावेथका कान्छा नाति हुन् भने ह्यारीका दाई विलियम्स जेठा नाति हुन्।

हाल बेलायती राजपरिवारको सिंहासनका लागि ह्यारी र विलियम्सका पिता चार्ल्स पहिलो वरियतामा छन्।

राज परिवारको नियमअनुसार सिंहासनका लागि दोस्रो वरियतामा रहेका प्रिन्स विलियम्सका तीन छोराछोरीलाई मात्र राजकुमार र राजकुमारी भनिएको हो। किनभने विलियम्स एक दिन राजा बन्नेछन्।

नियमअनुसार सिंहासनको वरियतामा विलियम्सका छोराछोरी भन्दा पनि ह्यारी तल छन्।

सन् १९१७ मा राजा जर्ज पाँचौंले दिएको उर्दीअनुसार राजाका बच्चाहरुको शाही पदवी सीमित राखिएको छ।

युनिभर्सिटी कलेज अफ लन्डन संविधान इकाईका बब मरिसका अनुसार राजकुमार तथा राजकुमारीको अनावश्यक संख्यालाई कटौती गर्न उक्त नियम बनाइएको थियो।

‘रानी भिक्टोरियाको ९ सन्तान थिए। उनीहरु सबैलाई राजकुमार र राजकुमारी भनिन्थ्यो। उनीहरुको पनि सन्तान जन्मिए। राजा जर्जले यसरी धेरैलाई राजकुमार र राजकुमारी भन्न नहुने नियम ल्याए’ उनले भनेका छन्।

महारानीसँग शाही नियम संशोधन गर्ने शक्ति छ। सन् २०१२ मा महारानी इलिजावेथले दिएको आदेशअनुसार प्रिन्स विलियमका जेठा छोरालाई मात्र नभएर उनका सबै बच्चाहरूलाई नै राजकुमार र राजकुमारी हुने आदेश दिएका थिए।

उनले कान्छा नाति ह्यारीको विषयमा केही भनेका थिएनन्। साथै राजा जर्ज पाँचौको आदेशअनुसार पनि ह्यारीका छोरा आर्ची राजकुमार होइनन्। तर उनी राज परिवारका सदस्य भने हुन्।

ओप्रासँगको अन्तर्वार्तामा मेगनले आर्चीलाई पनि राजकुमार भनिनुपर्ने आशय व्यक्त गरेकी छिन्। यद्यपी दरबारको नियम अनुसार आर्चीलाई ‘लर्ड आर्ची’जस्ता पदवीबाट भने बोलाउन सकिन्थ्यो।

तर आर्ची त्यसबेला जन्मिदा ह्यारी र मेगनले नै शाही पदवी नचाहिने बताएका थिए। अन्तर्वार्तामा भने शाही पदवी नदिने आफ्नो निर्णय नभएको उनीहरुले बताएका छन्।

मेगनले छोरा आर्चीलाई शाही पदवी नदिएका कारण आफूलाई आर्चीको सुरक्षाको चिन्ता भएको पनि उल्लेख गरेकी थिइन्।

उनले शाही पदवी नभएकाले आर्चीले सुरक्षा नपाउने बताएकी थिइन्। तर नियमअनुसार शाही पदवी हुँदैमा र नहुँदैमा सुरक्षा प्रदान गरिन्छ भन्ने हुँदैन।

शाही पदवी नत्याग्दा ह्यारी र मेगनले करदाताद्वारा अनुदान प्राप्त प्रहरी अंगरक्षकको रुपमा पाएका थिए। अर्थात् दरबारका लागि जसले पुरा समय दिन्छन् उनीहरुले सुरक्षा पाउँछन्। ह्यारी र मेगनले अहिले पनि दरबारमा भएको भए आर्चीले पनि बेलायती सरकारी सुरक्षा सुविधा पाउँथे।

राजकुमार एन्ड्रुका छोरी बिट्रिका र इयुगिनी दरबार बाहिर काम गर्दछन्। तर एन्ड्रुले पुरा समय दरबारमै काम गर्दछन्। त्यसकारण उनका छोरीहरुले पनि सुरक्षा पाएका छन्।

बेलायती शाही परिवारले ह्यारी र मेगनका छोरालाई राजकुमार किन भनिएन भनेर प्रतिक्रिया दिएको छैन, उनलाई किन सुरक्षा दिइएन भनेर सुरक्षा दिइएको छैन तर दरबारले रंगभेदको विषयमा अनुसन्धान गर्ने बताएको छ। एससीएमपी

यो पनिः श्रीमती र छोरामाथि रंगभेदी टिप्पणी बढेपछि ह्यारी शाही पदवी त्याग्न बाध्य भए

प्रिन्स ह्यारी र मेगनले भनेः छोरा आर्चीले बहिनी उपहार पाउँदैछन्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .