ad ad

राजनीति


प्रदेश इन्चार्ज रावल कि भट्ट भन्ने विवादले ओली र नेपालका कार्यकर्ताबीच झडप

प्रदेश इन्चार्ज रावल कि भट्ट भन्ने विवादले ओली र नेपालका कार्यकर्ताबीच झडप

गोकुल जोशी
फागुन २६, २०७७ बुधबार १०:२३,

नेकपा (एमाले) को सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय कार्यकर्ताबीच झडप भएको छ।

कैलालीको धनगढीस्थित नेकपा (एमाले) पार्टी कार्यालयमा प्रदेश इन्चार्जमा लेखराज भट्टको नाम उल्लेखित साइनबोर्ड राखिएपछि स्थिती तनावग्रस्त भएको हो। नेकपा एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल भएको भन्दै उनको नाम उल्लेखित साइन बोर्ड हटाएपछि एमालेको माधव नेपाल समूहका नेता कार्यकर्ता उग्र भएका थिए।

एमालेको ओली समूहले तत्कालीन सुदूरपश्चिम इन्चार्ज भीम रावल र अध्यक्ष भानुभक्त जोशीको बोर्ड फालेर लेखराज भट्ट र कर्ण थापाको बोर्ड लगाएका थिए।

सुदूरपश्चिम प्रदेश इन्चार्ज पूर्व–माओवादी केन्द्रका नेता लेखराज भट्ट र अध्यक्ष कर्ण थापाको नाम उल्लेखित बोर्ड माधव नेपाल पक्षीय कार्यकर्ताले तोडफोड गरेका थिए। त्यसपछि नेपाल र ओलीपक्षीय कार्यकर्ताबीच झडपको स्थित सिर्जना भएको हो।

अहिले एमालेको सुुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा डीएसपी प्रतिक बिष्टको नेतृत्वमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

Nekapa SudurPaschim office

नेकपाको नाम विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेलको पक्षमा फैसला गरेसँगै तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधि सभा भंग भएपछि माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेता लेखराज भट्ट ओली पक्षमा उभिएर सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी पाएका थिए।

सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि गृहमन्त्री रामबहादुर थापा, आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, खेलकूद मन्त्री दाबा थापा, श्रममन्त्री गौरीशंकर चौधरीलगायत ओली सरकारमा रहेका माओवादी नेताहरुले एमालेतर्फ रहने कि माओवादी केन्द्रतर्फ फर्किने घोषणा गरिसकेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .