ad ad

खेल


नेपाल पुलिस क्लब काठमाडौंमा जारी मेयर्स कप क्रिकेटको फाइनलमा

नेपाल पुलिस क्लब काठमाडौंमा जारी मेयर्स कप क्रिकेटको फाइनलमा

नेपालखबर
फागुन २६, २०७७ बुधबार १०:१७,

काठमाडौं मेयर–११ लाई पराजित गर्दै नेपाल पुलिस क्लव मेयर्स कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

बुधबार भएको खेलमा काठमाडौं मेयर–११ लाई १ सय ३ रनको फराकिलो अन्तरले हराउँदै पुलिस क्लव प्रतियोगिताको उपाधि नजिक पुगेको हो।

मेयर ११ ले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको मेयर–११ ३१ दशमलव २ ओभरमा ९४ रन जोड्दा अलआउट भयो।

कप्तान सन्दीप लामिछानेले जोडेको २६ रन नै मेयर ११ का लागि सर्वाधिक रह्यो। सन्दीपले १७ बलमा ३ चौका र २ छक्का प्रहार गरे। अन्य कुनै ब्याट्सम्यानले गतिलो प्रर्दशन गर्न सकेनन्। आठ ब्याट्सम्यान दोहोरो अंकको स्कोर नछोई पवेलियन फर्के।

पुलिस क्लवका पवन सर्राफले ४ विकेट लिए। पवनले ६.२ ओभरमा १ मेडन राख्दै १६ रन खर्चे। दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए। ललित नारायण राजवंशीले २ तथा सागर ढकालले १ विकेट लिए।

No description available.

त्यसअघि त्रिवि क्रिकेट मैदानमा काठमाडौंले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पुलिस क्लव ४७ दशमलव ४ ओभरमा १ सय ९७ रन जोड्दा अल आउट भयो।

योगेन्द्र सिंह कार्कीले ५५ बलमा ४ चौकासहित सर्वाधिक ४० रनको योागदान दिए। कुशल भुर्तेलले ३४, पवन सर्राफले २८, दिपेन्द्र सिंह ऐरीले २४ तथा सुनिल धमालाले २२ रन जोडे। पाँच ब्याट्स्म्यानले दोहोरो अंकको छोएनन्।

मेयर–११ का स्पिनर विपिन खत्री, कप्तान सन्दीप लामिछाने र हरिशंकर शाहले समान ३ विकेट लिए। अनिल खरेलको नाममा १ एक विकेट रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .