ad ad

राजनीति


कांग्रेसको नेतृत्व स्वीकार गर्नेसँग मिलेर सरकार बनाउँछाैँ : डा. महत

कांग्रेसको नेतृत्व स्वीकार गर्नेसँग मिलेर सरकार बनाउँछाैँ : डा. महत

नेपालखबर
फागुन १९, २०७७ बुधबार १४:५,

नेपाली कांग्रेसका सह-महामन्त्री डा. प्रकाश शरण महतले कुनैपनि कम्युनिष्ट घटकको नेतृत्वको सरकारमा जान नहुने बताएका छन्।

नेपाली कांग्रेस ओखलढुंगाले स्वर्गीय नेता मित्रसेन दाहालको १३ औँ पुण्यतिथिमा काठमाडौंमा बुधबार गरेको श्रद्धाञ्जली सभामा सह-महामन्त्री महतले कम्युनिष्ट घटकको नेतृत्वमा कांग्रेस सरकारमा जान नहुने बताएका हुन्।

तर सरकारको नेतृत्वको जिम्मेवारी लिनुपर्ने अवस्था आए कांग्रेसले लिनुपर्ने तर्क उनले गरे। उनले कांग्रेसको नेतृत्व सहज स्वीकार गर्नेसँग मिलेर सरकार बनाउनुपर्ने बताए।

उनले भने, ‘अहिले नेपाली कांग्रेस पार्टी चाहिँ पर्ख र हेरको नीतिमा छ। यद्यपी धेरै समयसम्म पर्ख र हेर गरिरहन सक्दैनौँ। २३ गते संसदको बैठक छ। बैठकको पहिलै दिन सबै टुंगिने पनि होइन। बैठकको प्रारम्भ हो। त्यसपछि कम्युनिष्ट पार्टी कसरी, दुईवटा घटक कसरी प्रस्तुत हुन्छ, त्यसलाई हेरेर नेपाली कांग्रेसले आफ्नो रणनीति बनाउनुपर्छ। अहिले नै हौसियर फलानोसँग समिकरण गर्ने भन्यौ भने त्यो अपरिपक्व हुन्छ। त्यो गुट जुट्छ कि? त्यो पनि प्रयास भएका छन्। देशी विदेशी सबै प्रयासहरु संलग्न छन्। अहिले पार्टीले लिएको पर्ख र हेर को नीति उपयुक्त नीति छ। अब जुन बेला त्यहाँ देखिन्छ। सरकार निर्माणमा नेपाली कांग्रेसको भुमिकाको आवश्यकता पर्‍यो, त्यस्तो परिस्थिति आयो भने त्यसबेला नेपाली कांग्रेसले निर्णय गर्नुपर्छ। निर्णय गर्न नेपाली कांग्रेस सक्षम छ।’

उनले थपे, ‘नेपाली कांग्रेसको भुमिकाको आवश्यकता देखियो भने हामिले कुनैपनि कम्युनिष्ट एउटा घटकको नेतृत्वमा चाहिँ नेपाली कांग्रेस जाँदैन भन्ने मलाई लाग्छ। जानु हुँदैन भन्ने मेरो व्यक्तिगत मान्यता छ। तर नेपाली कांग्रेसले नै जिम्मेवारी नेतृत्वको जिम्मेवारी लिनुपर्ने आवश्यकता प¥यो भने त्यो हामिले लिनुपर्छ। फलानोसँग चाहिँ गर्नुपर्छ फलानो सँग चाहिँ हुँदैन भन्ने बहस छ। नेपाली कांग्रेसको नेतृत्व जसले स्वीकार गर्छ त्यसमा हामिले यो पक्ष ऊ पक्ष भनिरहनुपर्ने आवश्यकता छैन। नेपाली कांग्रेसको नेतृत्व स्वीकार र सहज शर्तमा।’

नेपाली कांग्रेस कम्युनिष्ट कुन पक्ष तिर लाग्ने भन्दा पनि कम्युनिष्टहरुलाई आफ्नो राजनीतिमा ल्याउनुपर्ने उनको भनाई छ। आफ्नो पक्षमा राजनीति ल्याउन दिर्घकालिन सोच राख्नुपर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .