ad ad

राजनीति


भारत कर्नाटक राज्यका जल संसाधनमन्त्री परस्त्रीसँग सम्भोगरत सीडी सार्वजनिक भएपछि...

भारत कर्नाटक राज्यका जल संसाधनमन्त्री परस्त्रीसँग सम्भोगरत सीडी सार्वजनिक भएपछि...

नेपालखबर
फागुन १९, २०७७ बुधबार ८:३५,

भारतको कर्नाटक राज्यका जल संसाधनमन्त्री रमेश जारकिहोली एक महिलासँग सम्भोगरत सीडी सार्वजनिक भएपछि हंगामा मच्चिएको छ।

सामाजिक कार्यकर्ता दिनेश कल्लाहल्लीले सीडी सार्वजनिक गर्दै रोजगारी दिने प्रलोभन देखाएर मन्त्री जारकिहोलीले महिलाको यौन शोषण गरेको आरोप लगाएका छन्। 

भारतीय पत्रिका अमर उजालाका अनुसार यो काण्ड सार्वजनिक भएपछि विपक्षी दल भारतीय कांग्रेसले मन्त्रीको राजीनामा मागेको छ।

उनको राजीनामा माग्दै कांग्रेसका नेता/कार्यकर्ताले बेंगलुरुमा प्रदर्शनसमेत गरेका छन्। कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री सिद्धारमैयाले मुख्यमन्त्री बीएस येदियुपरप्पाले मन्त्री रमेशलाई तत्काल राजीनामा गराउन र उनीविरुद्ध मुद्दा हाल्नुपर्ने बताएका छन्।

कर्नाटकका डेपुटी सीएम सीएन अश्वथ नारायणले भने, ‘षडयन्त्रपूर्वक त्यस्ता भिडिओ बनाएर हनी ट्र्याप र ब्ल्याकमेलिङ गरिएका घटना पनि हामीले थुप्रै देखेका छौं। अब यो कस्तो हो अनुसन्धानपछि पक्कै वास्तविकता थाहा हुनेछ। त्यसपछि आवश्यक कारबाही अघि बढाइनेछ।’

घटना के हो?
सामाजिक कार्यकर्ता तथा नागरिक हक्कु होरता समितिका अध्यक्ष दिनेश कल्लाहल्लीले ती महिलाको परिवारका सदस्य न्याय माग गर्न आफूकहाँ आएको बताएका छन्। उनका अनुसार उनीहरूको आरोप छ– मन्त्री (रमेश) ले कर्नाटक पावर ट्रान्समिसन कर्पाेरेसन लिमिटेड (केपीटीसीएल) मा रोजगारी मिलाइदिने नाममा यौन शोषण गरे। तर पछि कुरा फेरे।

मविरुद्ध राजनीतिक षडयन्त्र भयो : मन्त्री जारकिहोली
मन्त्री रमेश जारकिहोलीले भने विपक्षी दलले आफूविरुद्ध राजनीतिक षडयन्त्र गरेको दाबी गरेका छन्। सीडी (भिडिओ) बनावटी भएको उनको दाबी छ। उनले भनेका छन्, ‘यसको पूरा अनुसन्धान हुन आवश्यक छ। अपराधीविरुद्ध मुद्दा हाल्न जरुरी छ। उनीहरू कसैलाई म चिन्दिनँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .