तर बिरालोले विमानका पाइलटलाई आक्रमण गरेपछि उडिसकेको विमानलाई आकस्मिक अवतरण गर्नुपरेको एयरलाइभ डटनेटले जनाएको छ।
हालै खार्टोम अन्तर्राष्ट्रिय विमानस्थलबाट टार्को एयरलाइन्सको बोइङ ७३७ विमान दोहाको हामद अन्तर्राष्ट्रिय विमानस्थलको लागि उडेको थियो।
तर विमान उडेको ३० मिनेट भित्रै सो विमान फेरि खार्टोम नै अवतरण गर्नुपरेको थियो।
कारण एउटा रिसाएको बिरालो ककपिटमा देखा परेको थियो।
सो बिरालोले पाइलटसहित विमान चालकदलका सदस्य सबैलाई आक्रमण गर्न थालेपछि विमान आकस्मिक अवतरण गरिएको थियो।
यस घटनासँगै सुडानमा विमानमा विरालोलाई प्रवेश गर्न नदिने नियम बनाइनुपर्ने आवज उठेको छ। एयरलाइभ डटनेट
3
Shares
प्रतिक्रिया