ad ad

राजनीति


सरकार र विप्लव समूहबीच आजै वार्ताको तयारी

सरकार र विप्लव समूहबीच आजै वार्ताको तयारी

नेपालखबर
फागुन १८, २०७७ मंगलबार ११:१२,

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीबीच आजै (मंगलबार) वार्ता गर्ने गरी तयारी गरिएको छ।

स्रोतका अनुसार मंगलबार साँझ काठमाडौँको कुनै स्थानमा सरकारी टोली र विप्लव समूहबीच वार्ताको तयारी गरिएको हो।

सरकारले आजै गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईसमेत रहेको दुई सदस्यीय वार्ता टोली गठन गरेको थियो।

सरकारले वार्ता टोली गठन गरेलगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा नेता उदय चलाउने ‘दीपक’ सदस्य रहेको वार्ता टोली घोषणा गरेको थियो।

‘सरकार र हाम्रो पार्टीबीच आजै साँझ वार्ता हुँदैछ,’ विप्लव निकट स्रोतले नेपालखबरसँग भन्यो, ‘वार्ताका लागि नेताहरु तयारी अवस्थामा हुनुहुन्छ।’

यता प्रहरी उच्च स्रोतले पनि सरकार र विप्लव समूहबीच आजै वार्ता हुने जनाएको छ।

‘सरकार र विप्लव समूहबीच आजै साँझ वार्ता हुने जानकारी पाएका छौँ’, प्रहरी उच्च स्रोतले नेपालखबरसँग भन्यो, ‘त्यसका लागि तयारी भइरहेको छ।’

सरकारसँग वार्ताको लागि विप्लवका नेताहरु केही दिनदेखि उपत्यका आसपासमै रहेको स्रोतले जनाएको छ।

हिंसात्मक तथा आतंककारी गतिविधि गरेको भनी सरकारले २०७५ फागुन फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।

प्रतिबन्धयता सरकारले विप्लवका झण्डै दुई हजारका कार्यकर्तालाई पक्राउ गरेको छ।

मंगलबार दिउँसो वार्ता टोली गठनबार जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विप्लव समूहमाथि लागेको प्रतिबन्ध, मुद्दा र हतियार व्यवस्थापन आदिबारे वार्ताबाटै टुंगो लगाउने बताएका थिए।

‘कसरी जाने, के गर्ने भन्ने कुरा वार्ताबाटै टुंग्याउछौँ, उहाँहरुमाथि लागेका मुद्दा, हतियारको व्यस्थापनको टुंगो गर्नका लागि वार्ता टोली गठन गरिएको हो’, मन्त्री गुरुङले भने, ‘सबै कुरा वार्ताअघि गर्ने हो भने वार्ताको औचित्य समाप्त हुन्छ।’

याे पनि :  विप्लव समूहसँग वार्ता गर्न गठन गरियो गृहमन्त्रीको नेतृत्वमा दुई सदस्यीय टोली (भिडिओ) 

विप्लव समूहले पनि गठन गर्‍यो वार्ता टोली, विश्वकर्मा संयोजक

वार्ता टोलीको नाम सार्वजनिक गर्दै विप्लवले तोके छलफलका तीन विषय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .