ad ad

समाज


बुबाले गरे तीन महिने छोराको हत्या

बुबाले गरे तीन महिने छोराको हत्या

नेपालखबर
फागुन १८, २०७७ मंगलबार ११:७,

बैतडीमा आफ्नै बुबाले तीन महिनाको छोराको हत्या गरेका छन्। तीन महिनाको छोरा लक्ष्मण चन्दको हत्या गरेको अभियोगमा पञ्चेश्वर गाउँपालिका–५ खनाडीका ४० वर्षीय राजबहादुर चन्दलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

राजबहादुरले आफ्नै घरमा छोरा लक्ष्मणलाई लछार पछार गरी कुटपिट गर्दा बालकको घटनास्थलमै मृत्यु भएको थियो भने बुबा ७० वर्षीय मन्धिर चन्दलाई समेत कुटपिट गरी घाइते बनाएकाे प्रहरीले जनाएको छ।

खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बैतडी र प्रहरी चौकी बलाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। कुटपिटबाट घाइते भएका मन्धिर चन्दको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .