ad ad

राजनीति


आतंकवादी संगठन जैस–उल–हिन्दले भन्यो : हाम्रो लडाइँ मुकेश अम्बानीसँग होइन, नरेन्द्र मोदीसँग हो

आतंकवादी संगठन जैस–उल–हिन्दले भन्यो : हाम्रो लडाइँ मुकेश अम्बानीसँग होइन, नरेन्द्र मोदीसँग हो

नेपालखबर
फागुन १८, २०७७ मंगलबार १०:११,

भारतका खर्बपति उद्योगी मुकेश अम्बानीको घरबाहिर परिवारै सिध्याइदिने पत्र र विस्फोटक पदार्थसहितको गाडी फेला परेयता देशभर हलचल पैदा गरेको छ।

त्यो आफूले राखेको भनेर आतंकवादी संगठन जैस–उल–हिन्दले भनेपछि त झन् सनसनी फैलिएको थियो। तर उसले अहिले अर्के कुरा गरेको छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार जैस–उल–हिन्दले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो लडाइँ अम्बानीसँग नभई प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको बताएको हो। अम्बानीलाई धम्की दिइएको भनेर भाइरल भएको पत्र पनि नक्कली भएको उसको दाबी छ।

याे पनि :  आतंकवादी संगठनले भन्यो : अम्बानीको घरअगाडि विस्फोटक पदार्थ राख्ने हामी हौं

उद्योगपति अम्बानीको घरअगाडि विस्फोटक पदार्थसहित गाडी भेटेको घटना आफूले जिम्मा लिएको भनेर भारतीय सञ्चारमाध्यमले गलत हैला फैलाएको भन्दै जैस–उल–हिन्दले खण्डन गरेको छ।

भारतीय प्रहरीका अनुसार हालसम्म जैस–उल–हिन्द कस्तो समूह हो भन्ने कुरा पत्ता लाग्न सकेको छैन। यो अज्ञात समूह भएको प्रहरीको भनाइ छ।

यो समूहबाट आतंक मच्चिन थालेपछि यसले ठूलो आतंकवादी संगठनको साथ पाएको अनुमान गरिएको छ। 

याे पनि :  

मुकेश अम्बानीको घरनजिक छाडिएको गाडीभित्र जब जिलेटिन र ‘तिम्रो परिवारै उडाइदिन्छु’ भन्ने पत्र भेटिए...

अम्बानीलाई ज्यान मार्ने धम्कीः पत्ता लाग्यो कार मालिक, अभियुक्त पक्राउ पर्न बाँकी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .