ad ad

राजनीति


दोभान आगलागी पीडितलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

दोभान आगलागी पीडितलाई राहत दिने प्रधानमन्त्रीको घोषणा

नेपालखबर
फागुन १८, २०७७ मंगलबार ९:३५,

प्रधानमन्त्री केपी शर्मा ओलीले ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई राहत दिने घोषणा गरेका छन्।

मंगलबार मोरङमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आगलागीबाट क्षति पुगेको दोभान बजारको पुनर्निर्माण र पीडितलाई राहत उपलब्ध गराउने बताएका हुन्। उनले आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले प्रदेश १ का मुख्यमन्त्रीले यो कुराको समन्वय गर्ने र सरकारले भरपर्दो समन्वय गर्ने वचन दिए।

‘राहत उपलब्ध गराउने र पुनर्निर्माण गर्ने कुरामा सरकार तत्काल लाग्छ र जनताको समस्या तत्काल समाधान गर्छ’ उनले भने।

दोभान बजारमा आगलागी हुँदा ४९ घर जलेका छन् भने हाल आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .