ad ad

राजनीति


प्रचण्ड–नेपाललाई जसपाको प्रश्न : तपाईंहरुको पार्टी कुन हो?

प्रचण्ड–नेपाललाई जसपाको प्रश्न : तपाईंहरुको पार्टी कुन हो?

नेपालखबर
फागुन १३, २०७७ बिहिबार ५:३३,

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले जनता समाजवादी पार्टीसँग सत्ता समीकरणका विषयमा छलफल गरेको छ।

बिहीबार बिहान नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले जसपाका नेताहरुसँग नयाँ राजनीतिक परिस्थितिमा सहमति र सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेका थिए।

जसपा नेता राजेन्द्र महतोले प्रचण्डले सत्ता सहयात्राको प्रस्ताव नगरेको बताए।

‘प्रचण्डले नयाँ परिस्थितिका बारेमा कसरी अगाडि जाने भनेर सोध्नुभएको थियो’, नेता महतोले भने, ‘हामीले उहाँहरुको पार्टीको आधिकारिकता, संविधान संशोधन, मधेसका मुद्दाको बारेमा प्रश्न उठायौँ।’

उनले प्रचण्डले आफूहरु मधेसका मुद्दाप्रति सधै सरकारात्मक रहेको बताउँदै सहयात्राको प्रस्ताव गरेको बताए।

‘तपाईंहरुको कुन पार्टी हो? अधिकारिक पार्टी त चाहियो नि भन्यौँ’, बैठकपछि नेता महतोले पत्रकारसँग भने, ‘तपाईंहरु (प्रचण्ड–नेपाल)ले राखेका सबै कुराहरु हामी हाम्रो पार्टीको बैठकमा छलफल गर्छौँँ।’

उनले संविधान जारी गर्दा र यसअघि भएका सम्झौतामा आफूहरुले धोका पाएको भन्दै त्यसलाई स्मरण गरेर अगाडि बढ्ने बताए।

‘हाम्रा आन्दोलनकारी सांसद रेशम चौधरीलगायतका साथीहरु अहिले पनि बन्दी जीवन विताइरहनुभएको छ, यी सबालहरु हाम्रो प्राथमिकताका साथ उठाएका छौँ र यसका लागि हामी संघर्ष गर्छौँ’, उनले भने। उनले आफूहरु संविधानका रहेका कमिकमजोरीका विरुद्धमा जुनसुकै सरकार बने पनि संघर्ष गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .