ad ad

राजनीति


पेरिसडाँडामा नेकपा र जसपाबीच छलफल

पेरिसडाँडामा नेकपा र जसपाबीच छलफल

नेपालखबर
फागुन १३, २०७७ बिहिबार ५:२०,

नेकपाका नेता वामदेव गौतमसँग बिहीबार बिहानै भेटवार्तापछि प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (जसपा) का नेताहरूसँग छलफल गरेका छन्।

नेकपाको केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा नेकपाका दुवै अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले  जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठलगायत नेतासँग छलफल गरेका हुन्।

नेकपाका एक नेताका अनुसार दुई पार्टीबीच सहकार्य गर्ने विषयमा छलफल भएको हो।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै जसपाका नेता राजेन्द्र महतोले प्रचण्ड र नेपाललाई सर्वप्रथम आफहरूको पार्टी कुन हो भनेर प्रश्न गरेको जानकारी दिए।

उनले भने, ‘हामीले उहाँहरूलाई जिज्ञासा राख्यौं– पार्टी सिस्टममा पार्टी त चाहियो, तपाईंहरूको पार्टी (आधिकारिक) कुन हो, हामी त बडा अलमलमा पर्‍याै‌ँ, त्यो प्रस्ट हुनुस् !’ 

प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमपछि विभाजित नेकपाका दुवै पक्षले आफू आधिकारिक भएको दाबी गरे पनि निर्वाचन आयोगले अहिलेसम्म निर्णय दिएको छैन।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले राखेका प्रस्तावबारे आफ्नो पार्टीको बैठकमा छलफल गर्ने कुरा राखिएको नेता महतोले जानकारी दिए।

तर नेकपाले के प्रस्ताव राख्यो भन्ने विषयमा उनले बताएनन्।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते गरेको संसद् विघटनको निर्णय सर्वाेच्च अदालतले बदर गरिदिएपछि प्रचण्ड र नेपालले अन्य दलसँगको छलफललाई तीव्र पारेका छन्।

याे पनि :  प्रचण्ड र वामदेवबीच आज बिहानै एक घण्टा छलफल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .