ad ad

राजनीति


नयाँ परिस्थितिबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

नयाँ परिस्थितिबारे छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

नेपालखबर
फागुन १२, २०७७ बुधबार ९:१३,

प्रतिनिधि सभा विघटन बदर भएपछिको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

सभापति देउवाले बिहीबार अपरान्ह ३ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएका हुन्।

‘भोलि दिउँसो ३ बजे पदाधिकारी बैठक बोलाइएको छ, बाहिर रहेका नेताहरु आजै साँझ काठमाडौं आइपुग्नुहुनेछ,’ देउवाका स्वकीय सचिव भानु देउवाले भने।

बुधबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग देउवाले आफ्नै निवास बूढानीलकण्ठमा छलफल गरेका थिए।

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो।

सर्वोच्च अदालतको फैसलासँगै ओली सरकारको बहिर्गमन र नयाँ सरकार निर्माणका लागि दलहरुले तीब्र छलफल गरिरहेका हुन्।

मंगलबार सर्वोच्चले फैसला गरेर १३ दिनभित्र संसद बैठक बोलाउन आदेश दिएको छ। संसद बैठक अघि दलहरुबीच छलफल गरेर सहमति गराउने प्रयासमा लागेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .