ad ad

राजनीति


सर्वोच्चलाई ओलीको जवाफ: सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीविरुद्ध मुद्दा गर्ने प्रचलन नियन्त्रण होस् (पूर्णपाठ)

सर्वोच्चलाई ओलीको जवाफ: सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीविरुद्ध मुद्दा गर्ने प्रचलन नियन्त्रण होस् (पूर्णपाठ)

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ६:५०,

प्रधानमन्त्री केपी शर्मा ओलीले सस्तो लोकप्रियताका लागि आफूविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको बताएका छन्।

प्रधानमन्त्री ओलीले आफूविरुद्ध परेको अवहेलना मुद्दाको लिखित जवाफ स्वयं लिएर बिहीबार अदालत पुगेका हुन्।

सो जवाफमा उनले भनेका छन्, ‘सस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीलाई प्रत्यर्थी कायम गरी मुद्दा गर्ने जुन आम प्रचलन देखिन्छ त्यसमा भने नियन्त्रण हुन जरुरी देखिन्छ,’ प्रधानमन्त्री ओलीले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा उल्लेख छ, ‘हुँदै नभएको वा एक अर्थमा बोलेको कुरा वा शब्दलाई अर्को अर्थ लगाई, बङ्ग्याई अदालतको अवहेलना जस्तो व्यक्तिगत दायित्वको मुद्दा दायर गर्नु आफैमा अत्यन्त आपत्तिजनक छ।’

प्रधानमन्त्री ओलीले आफूले अदालतप्रति आफ्नो उच्च सम्मान रहेको बताएका छन्। उनले अदालतले गरेका निर्णयको आफू र आफूले नेतृत्व गरेको सरकारले सधैँ सम्मान र कार्यान्वयन गर्दै आएको बताएका छन्।

‘लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायापालिकाका लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनि कल्पना गर्नुसमेत दूराग्रहपूर्ण छ’, जवाफमा भनिएको छ, ‘अदालतबाट भएका फैसला तथा आदेशको म र मैले नेतृत्वमा गरेको सरकारबाट सदैव सम्मान र कार्यान्वयन भइरहेको छ।’

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिल’ तथा संसद् विघटनविरुद्ध भइरहेको बहसलाई ‘तमासा’ भनेका कारण उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो।

उक्त मुद्दामा गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्री ओलीलाई आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको थियो।

जवाफको पूर्णपाठ: 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .