ad ad

राजनीति


भारतका पूर्व प्रधानन्यायाधीश गोगोईविरुद्ध लागेको यौन शोषणको मुद्दा खारेज

भारतका पूर्व प्रधानन्यायाधीश गोगोईविरुद्ध लागेको यौन शोषणको मुद्दा खारेज

नेपालखबर
फागुन ६, २०७७ बिहिबार ६:२१,

भारतको सर्वाेच्च अदालतले आफ्ना पूर्व प्रधानन्यायाधीश रञ्जन गोगोईविरुद्ध लागेको यौन शोषण मुद्दा खारेज गरेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पूर्व प्रधानन्यायाधीश गोगोईविरुद्ध लागेको यौन शोषणको मुद्दा न्यायपालिकाविरुद्धको षडयन्त्र भन्दै सर्वाेच्च अदालतले बिहीबार खारेज गरेको हो।

एएनआईका अनुसार उनीविरुद्ध सर्वाेच्च अदालतकै तत्कालीन एक महिला कर्मचारीले सन् २०१९ आफूलाई यौन शोषण गरेको अभियोग लगाएकी थिइन्।

यसबारे अनुसन्धान गर्न सर्वाेच्च अदालतले तत्कालीन न्यायाधीश एके पटनायकलाई जिम्मा दिएको थियो। उनको प्रतिवेदनले पूर्व प्रधानन्यायाधीश गोगोईविरुद्ध षडयन्त्र गरिएको ठहर गरेको हो।

भारतीय सर्वाेच्च अदालतले भनेको छ– दुई वर्ष बितिसक्यो, तर उनीविरुद्ध एके पटनायककाे अनुसन्धान टाेलीले पूर्व प्रधानन्यायाधीश गोगोईविरुद्धका ह्वाट्सएप म्यासेजजस्ता कुनै पनि इलेक्ट्रोनिक प्रमाण फेला पार्न सकेन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .