ad ad

राजनीति


नयाँ शैक्षिक सत्र असारदेखि : मन्त्री श्रेष्ठ

नयाँ शैक्षिक सत्र असारदेखि : मन्त्री श्रेष्ठ

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ११:३१,

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने बताएका छन्।

मंगलबार सफलता एचआईभी शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नयाँ शैक्षिक सत्र असार महिनादेखि सुुरु हुने बताएका हुन्।

यस निम्ति मन्त्रालयले तयारी गरिसकेको उनको भनाई छ। त्यस्तै मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाइएको र छिट्टै टुंगो लाग्ने जानकारी दिए।

आगामी दिनमा एचआईभी संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट बिनियोजन गर्ने समेत मन्त्री श्रेष्ठले बताए।
मन्त्री श्रेष्ठले समाजमा चेतनाको कमीले एचआईभी संक्रमितहरुले अपहेलित र उपेच्छित जीवन बिताउनुपर्ने अवस्था रहेको भन्दै उनीहरुको कदर र सम्मान हुनुपर्ने बताए।

सबै विद्यालयहरुमा सामाजिक रुपान्तरण रहेको उनको भनाई छ। मन्त्री श्रेष्ठले सफलता एचआईभी सक्रमित बालबालिकासँग सरस्वती पूजा मनाएका छन्।

मन्त्रीसँगै कार्यक्रममा पुगेका विभिन्न समाजसेवी व्यक्तिहरुले सफलता एचआईभी शिक्षा सदनलाई आर्थिक सहयोग पनि गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .