ad ad

राजनीति


प्रधानमन्त्री ओलीको दोहोरो चरित्रबारे इजलासमा उठ्यो प्रश्न, न्यायाधीशले भने : भाषणको कुरा यहाँ नगर्नुस्

प्रधानमन्त्री ओलीको दोहोरो चरित्रबारे इजलासमा उठ्यो प्रश्न, न्यायाधीशले भने : भाषणको कुरा यहाँ नगर्नुस्

नेपालखबर
फागुन २, २०७७ आइतबार ८:४,

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी ओलीले दोहोरो चरित्र देखाएको बताएका छन्।

आइतबार संवैधानिक इजलासमा रिट निवेदक पक्षबाट जवाफी बहसका क्रममा वरिष्ट अधिवक्ता त्रिपाठीले प्रधानमन्त्री ओलीले दुईथरी कुरा गरेको बताएका हुन्। ओलीले एकातिर काम गर्न दिइएन भनेर संसद विघटन गरेको बताएको र अर्कोतर्फ आफूले जति कुनै पनि प्रधानमन्त्रीले काम गर्न नसकेको दाबी गरिरहेको बताएका हुन्।

ओलीले भाषणका क्रममा उठाएका यी प्रसंग त्रिपाठीले इजलासमा राखेपछि न्यायाधीश अनिल सिन्हाले भाषणको कुरा यहाँ नल्याउनुहोस् भन्दै उनलाई रोकेका थिए।

यस्तै इजलासमा यसअघि उठेका विषय नदोहोर्‍याउन न्यायाधीशले ध्यानाकर्षण गराउँदै आएका छन्।

यसअघि अधिवक्ता विकास भट्टराई र दीनमणि पोख्रेलले बहस गरेका थिए।

याे पनि :  प्रधानन्यायाधीशको प्रश्न : यो सरकार केपी ओलीको हो कि नेकपाको?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .