ad ad

राजनीति


प्रचण्ड–नेपालले भने : असंवैधानिक कदमविरुद्ध आन्दोलनमा होमिनुको विकल्प छैन

प्रचण्ड–नेपालले भने : असंवैधानिक कदमविरुद्ध आन्दोलनमा होमिनुको विकल्प छैन

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार ६:०,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध आन्दोलनमा होमिनुको विकल्प नभएको बताएको छ।

शुक्रबार ग्याल्बो ल्होसारको अवसरमा शुभकामना दिँदै नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले उत्पीडित वर्गको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास सुरु भएको बताएका छन्। यसकाविरुद्ध आन्दोलनमा होमिनुको विकल्प नभएको उनीहरुको भनाइ छ।

‘पछिल्लो घटनाका रुपमा सरकारको तर्फबाट उत्पीडनमा परेका जाति, क्षेत्र र लिंगका जनताको मौलिक हक अधिकार कुण्ठित गर्ने दुष्प्रयास सुरु भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण हजारौं जनताको त्याग र समर्पणबाट प्राप्त अधिकार रक्षाका लागि प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम विरुद्ध आन्दोलनमा होमिनुको कुनै विकल्प छैन।’

नेकपाले तामाङ र शेर्पा समुदायलाई प्रतिगामी कदमविरुद्ध अन्तिम धक्काका लागि तयार रहनसमेत आह्वान गरेको छ।

May be an image of text

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .