म्यान्मारमा सैनिकले सत्ता हत्याएको विरोधमा दैनिक प्रदर्शन जारी छ।
आज (बुधबार) पनि त्यहाँ विशाल विरोध जुलुस भइरहेका छन्।
यसै क्रममा त्यहाँ कार्यरत नेपाली पत्रकार दीपक भट्टराईले रंगुनस्थित १८औं तले अपार्टमेन्टको छतबाट खिचेको जुलुसको तस्बिर सामाजिक सञ्जालमा राखेका छन्।
रंगुनस्थित साथीको १८ औं तले अपार्टमेन्टको छतबाट देखिएको जुलुश। सैनिक सरकारले पाँच जना भन्दा धेरै भेला नुहुन पटक पटक दिएको चेतावनी र निषेधाज्ञालाई बर्मेलीले दिनदिनै सडकमा आएर चुनौति दिएका छन्। अहिलेसम्म कोही पनि हाताहात भएको खवर छैन। हिजो गोली लागेर दुई जना गम्भीर घाइते भएका छन्। pic.twitter.com/YIDyejdmsq
— Dipak Bhattarai (@dipakbhattarai) February 10, 2021
प्रतिक्रिया