म्यानमारमा सैनिकले सत्ता हत्याएको विरोधमा आइतबार विशाल जनप्रदर्शन भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार म्यानमारको राजधानी नेपिदअलगायत विभिन्न सहरमा हजारौं नागरिक विरोधमा उत्रिएका हुन्।
आन्दोलनकारीले सैनिक शासनको विरोध गर्दै नजरबन्दमा राखिएका लोकतान्त्रिक नेतृ आङ सान सुची र राष्ट्रपति विन मिन्टलगायत नेताको रिहा गर्न माग गरेका छन्।
गत सोमबार त्यहाँको सेनाले सत्तारुढ दलका नेता, राष्ट्रपति, मन्त्रीलगायतलाई नियन्त्रणमा लिएर शासन आफ्नो हातमा लिएको हो। एक वर्षका लागि संकटकाल घोषणा गर्दै सैनिक सरकारले सुचीको दलले पाएको बहुमत पनि बदर गरेको छ।
त्यहाँ अहिले फेसबुकलगायत सामाजिक सञ्जाल बन्द गरिएका छन्।
म्यानमारमा सैनिक शासनविरुद्ध आइतबार भएको विशाल प्रदर्शनको एक झलक तलको भिडिओमा-
— Frontier Myanmar (@FrontierMM) February 7, 2021Video taken from bridge near Sule Pagoda - the epicentre of protests in downtown Yangon today calling for an end to military rule and release of Aung San Suu Kyi - shows tens of thousands marching east along Mahabandoola Road and around the pagoda. #WhatsHappeningInMyanmar pic.twitter.com/nay0tFM0Y7
प्रतिक्रिया