ad ad

राजनीति


भारतका प्रधानमन्त्री मोदीका भाइ बसे एयरपोर्टमै धर्ना (भिडिओ)

भारतका प्रधानमन्त्री मोदीका भाइ बसे एयरपोर्टमै धर्ना (भिडिओ)

नेपालखबर
माघ २१, २०७७ बुधबार १४:४,

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रल्हाद मोदी अमौसी एयरपोर्टमा धर्ना बसेका छन्।

लखनऊ प्रहरीले आफ्ना समर्थक पक्राउ गरेको आरोप उनले लगाएका छन्। जबसम्म उनीहरूलाई रिहा गरिँदैन तबसम्म आफू फिर्ता नजाने उनको अडान छ।

प्रधानमन्त्री मोदीका भाइ प्रल्हाद प्रयागराज, जौनपुर र सुल्तानपुरमा आयोजित कार्यक्रममा सहभागी हुन जाँदै थिए।

अमौसी एयरपोर्टमा उत्रिएरर उनी सडकमार्फत कार्यक्रमस्थल जानेवाला थिए। उनी आएको जानकारी पाएर उनका सयौं समर्थक उनलाई लिन विमानस्थल पुगेका थिए। तर प्रहरीले उनीहरूलाई विमानस्थल बाहिरै रोकिदिए र यस क्रममा आफ्ना केही समर्थकलाई प्रहरीले नियन्त्रणमा समेत लिएको प्रल्हादले सुने। यसैको विरोधमा उनी एयरपोर्टमै धर्नामा बसेका हुन्।

उनले प्रहरीलाई चेतावनी दिएका छन्– रिहा नगरिए अनशनमा बस्छु। तर भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरीले भन उनका कुनै समर्थकलाई न रोकिएको छ न हिरासतमा लिएको छ भनेर दाबी गरेको छ। 

प्रधानमन्त्री मोदीका भाइ प्रल्हादले भनेका छन्, ‘म सामाजिक कार्यक्रममा जान आउँदै थिएँ, मैले थाहा पाएँ, मलाई रिसिभ गर्न आएका मेरा समर्थकलाई लखनऊ प्रहरीले पक्राउ गरेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .