ad ad

राजनीति


प्रधानमन्त्री ओलीको प्रश्न : हलो नजोतेर किन पत्रकारिता गरेको?

प्रधानमन्त्री ओलीको प्रश्न : हलो नजोतेर किन पत्रकारिता गरेको?

नेपालखबर
माघ १९, २०७७ सोमबार १०:३०,

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बिभिन्न गतिबिधिबारे आलोचना गर्ने पत्रकारलाई हलो नजोतेर किन पत्रकारिता गरेको भनी प्रश्न गरेका छन्।

‘तपाईंका बुबा हलो जोत्नुहुन्थ्यो, तपाईं किन पत्रकारिता गर्नुहुन्छ, किन विद्वान बन्नुहुन्छ, किन परम्परा भत्काउनुहुन्छ? बुबा त हलो जोत्नुहुन्थ्यो,’ ओलीले सोमबार धनुषामा सवस्टेशन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै भने।

आफूले पशुपतिनाथ मन्दिरमा १ सय १ किलोको सुनको जलारी हाल्दा पनि परम्पराविरोधी काम गरेको भनी आलोचना गरिएको भन्दै भोलि यो सवस्टेशन उद्घाटन कार्यक्रमको पनि केहि मिडियामा नकारात्मक समाचार आउने उनले बताए।

‘हिन्दूहरुको आरध्यदेव जस्तो पवित्र स्थलमा चाँदीको जलारी भएको ठाउँमा सुनको जलारी राख्दा पनि परम्परा बिग्रियो भनेर आलोचना गरियो,’ उनले भने।

त्यस्तो परम्परा बिग्रियो भन्नेहरु आफूहरु चाहिँ किन बाउबाजेले गरेको परम्पराअनुसार हलो नजोतेर पत्रकार, विद्वान बन्नुपरेको भनी उनले प्रश्न गरे।

उनले थपे– ‘मेरो बुवाले पनि हलो जोत्नुहुन्थ्यो, प्रधानमन्त्री हुनुहुन्थेन तर म राम्रोका लागि परम्परा भत्काएर प्रधानमन्त्री बनेँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .