संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिको रुपमा शपथ लिँदै नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आज जनवरी २०, २०२१ को दिनलाई अमेरिकाको दिनको संज्ञा दिएका छन्।
‘यो लोकतन्त्रको दिन हो, इतिहास र आशाको दिन र नवीकरण र प्रतिबद्धताको दिन हो,’ शपथ लिएसँगै उनले आफ्नो मन्तव्यमा भनेका छन्, ‘अमेरिका फेरि नयाँ ढंगबाट प्रमाणित भएको छ र अमेरिका फेरि एकचोटि चुनौतिलाई पार गरेको छ।’
आज बुधबारको दिन लोकतन्त्रको उत्सव मनाइएको उनले बताए।
‘जनताको आकांक्षालाई सुनिएको छ र जनताको चाहनाको कदर गरिएको छ,’ बाइडेनले आफ्नो मन्तव्यमा भने।
उनले एकता नै देशको आगामी बाटो हुने बताए।
‘एकता नै अबको बाटो हो, यो कुरा हामीले संयुक्त राज्य अमेरिकाको रुपमा हासिल गर्नुपर्छ,’ उनले भने, ‘यदि हामीले त्यसो ग¥यौं भने, म तपाईंहरुलाई ग्यारेन्टी गर्छु की हामी कहिल्यै असफल हुनेछैनौं।’
त्यसैगरी बाइडेनले आफू सबै अमेरिकीको राष्ट्रपति बन्ने प्रतिबद्धता व्यक्त गरे।
Shares
प्रतिक्रिया