नेपाली कांग्रेसका नेता गगन कुमार थापाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शासन गर्ने वैधानिकता सकिएको बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता थापाले नेकपाको शासन गर्ने वैधानिकता र वैधता सकिएको बताएका हुन्।
नेकपाले निर्वाचनबाट प्राप्त जनादेश गुमाएको उनको भनाइ छ। जनादेश गुमाउँदा राजनीतिक निष्ठाको आधारमा जनतासँग क्षमा माग्नुपर्ने भए पनि दुवै पक्षले क्षमा नमागेको उनले बताए।
नेता थापाले सर्वोच्च अदालतमाथि सबैले आशाको नजरले हेरेको भन्दै संविधान अनुरुप सही फैसला गर्ने विश्वास व्यक्त गरे।
त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधान र लोकतन्त्रमा कम विश्वास गर्नेले संसद विघटन गरेको बताए। कम्युनिष्टको अधिनायकवादी र सर्वसत्तावादी चेतनाको कारण संसद विघटन भएको उनको भनाइ छ। यसको सम्पूर्ण अब्जस नेकपाले बोक्नुपर्ने उनले बताए।
नेता लेखकले नेपाली कांग्रेस संसद पुनस्र्थापनाको निम्ति भुमिका निर्वाह गर्ने र सर्वोच्च अदालतले संसद पुनस्र्थापना नगरे निर्वाचनमा सहभागी हुने बताए।
पुनस्र्थापना पनि नहुने र निर्वाचन पनि नहुने अवस्थामा नेपाली कांग्रेस आन्दोलनमार्फत संविधानलाई ट्रयाकमा ल्याउन तयार रहेको उनको भनाइ छ।
प्रतिक्रिया