ad ad

राजनीति


यी हुन मुख्यमन्त्री शेरधन राईकी हुनेवाली बेहुली

यी हुन मुख्यमन्त्री शेरधन राईकी हुनेवाली बेहुली

नेपालखबर
माघ ३, २०७७ शनिबार १२:५,

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडल ज्याङमु शेर्पाबीच यही माघ ११ गते बिहे हुने भएको छ।

‘चाँडै नै विवाह हुँदैछ। तर अहिले प्रदेशको राजनीतिको विषयमा व्यस्त छु,’ राईले नेपालखबरसँग भने, ‘विवाहको कार्यक्रम माघ ११ गते काठमाडौमा हुनेछ।’

Image may contain: 3 people, people sitting and indoor

राईले बिहे हुन लागेकी युवतीको नाम नखुलाएपनि उनको सचिवालले भने शेर्पासँग बिहे हुन लागेको पुष्टि गरेको हो।

विद्यार्थी राजनीतिबाट कम्युनिष्ट पार्टीमा स्थापित भएका राई अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्य छन्।

५० वर्षीय राईले आफूभन्दा झन्डै आधा उमेर कमकी युवतीसँग बिहे गर्न लागेका हुन। शेर्पा मिस मंगोल २०१८ की विजेता समेत हुन।

Image may contain: 2 people

सामाजिक काममा सक्रिय शेर्पा मिस मंगोल छात्रवृत्ति कोषकी अध्यक्ष समेत हुन। उक्त कोषबाट विपन्न विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिन्छ।

Image may contain: 1 person
संखुवासभा पुख्र्यौली घर भएकी शेर्पा काठमाडौंमा बस्दै आएकी छिन। काठमाडौंमा केही सीमित आफन्त, पार्टीका नेता र साथीभाईबीच बिहे हुने भएपनि बिराटनगरमा भोजको आयोजना गरिने राईको सचिवालयले जनाएको छ।

Image may contain: 3 people

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .