ad ad

राजनीति


प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक दलहरुसँग सहकार्य गर्न तयार छौँ : कृष्ण पहाडी

प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक दलहरुसँग सहकार्य गर्न तयार छौँ : कृष्ण पहाडी

नेपालखबर
पुस २३, २०७७ बिहिबार ९:११,

मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध नागरिक समाज राजनीतिक दलहरुसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

बिहीबार प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधि सभा विघटनविरुद्ध नागरिक अगुवासँग गरेको अन्तर्क्रियामा पहाडीले राजनीतिक दल र नागरिक समाज एक भएर अगाडि बढ्नुको विकल्प नरहेको बताए।

उनले प्रधानमन्त्री ओलीले वैशाख ८ मा अध्यादेश ल्याएर प्रतिगमनको सुरुवात गरिसकेको र प्रतिनिधि सभा विघटन उत्कर्ष भएको बताए। उनले प्रधानमन्त्रीले किस्ताकिस्तामा प्रतिगमन गर्दै आएको बताए।

उनले प्रधानमन्त्रीको दलको गुटबन्दीका कारण संसद विघटन गर्नु अपराध भएको बताए। ‘खड्कप्रसाद ओलीले दलको गुटका कारण संसद विघटन गर्नु अपराध हो,’ उनले भने।

उनले निरंकुश शासन चलाउन खोज्ने ओलीको पतन निश्चि रहेको बताए। ‘खड्ग प्रसादको पतन निश्चित छ तर, उहाँले लोकतन्त्रको पनि पतन गराउने खतरा छ’, उनदले भने।

उनले प्रधानमन्त्रीको कदम राजनीतिक तबरबाट ै निकास खोज्नु पर्ने बताउँदै दलहरु विगतका कमजोरी सच्याउन तयार हुनुपर्ने बताए।

 ‘संवैधानिक निकायमा भर्ती गर्दा अयोग्यलाई नियुक्त गर्नुभएको छ, उक्त गलत कार्य स्वीकार गरेर जनतामा यस्ता कमजोरी नदोहो¥याउने प्रतिवद्धता जनाउनुहोस्’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .