ad ad

राजनीति


सीता दाहाललाई उपचारका लागि मुम्बई लगियो, प्रचण्ड पनि साथमै

सीता दाहाललाई उपचारका लागि मुम्बई लगियो, प्रचण्ड पनि साथमै

नेपालखबर
पुस २०, २०७७ सोमबार ६:९,

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ।

स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि सीतालाई उपचारका लागि भारत लगिएको हो।

उनको मुम्बईको न्यूरोजेन व्रेन एण्ड स्पाइन इन्स्टिच्युटमा उपचार गरिने जनाइएको छ।

श्रीमती सीताको स्वास्थ्य अवस्थाको जटिलताका कारण प्रचण्ड स्वयं पनि साथमै भारत गएका छन्।

उनको साथमा दुई छोरी (रेणु र गंगा) पनि गएका छन्।

सीताको भारत, मुम्बईमा रहेको एक अस्पतालमा उपचार गरिने पारिवारिक स्रोतले जनाएको छ।

केहि वर्षदेखि पार्किन्सन जस्तै प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी नामक रोगबाट पीडित सीतालाई केहीदिन अघि ललितपुरको मेडिसिटीमा राखेर उपचार गराइएको थियो।

२०७५ साउनमा स्वास्थ्यमा जटिलता देखिएपछि सीता दाहाललाई सिंगापुरस्थित एमटी एलिजावेथ अस्पताल लगिएको थियो।

सो अस्पतालले सीतामा देखिएको स्वास्थ्य समस्या प्रोगेसिभ सुप्रान्युक्लियर पाल्सी पीएसपी भनी पहिचान गरेको थियो।

त्यसपछि विभिन्न अस्पतालमा उपचार गराइए पनि स्वास्थ्यमा सुधार भएन। २०७५ चैत ३ गते अमेरिकाको जोन हप्किन्स अस्पतालमा पनि उनको उपचार गराइएको थियो।

यस्तै २०७६ साउनमा यूएईस्थित एक अस्पताल र पुसमा भारतको हरिद्वारमा रहेको पतञ्जलि योगपिठमा समेत उनलाई लगियो। तर पनि स्वास्थ्यमा सुधार भएन।

गत बुधबार एक्कासी स्वास्थ्य अवस्था थप जटिल बनेपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो। बिहीबार अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई घरमै राखिएको थियो।

यो पनि:

प्रचण्ड पत्नी सीता दाहाल मेडिसिटी अस्पताल भर्ना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .