ad ad

कारोबार


सेवा थालनीको दशौँ वर्षमा प्रवेश गर्‍यो राकुटेन भाइबर

सेवा थालनीको दशौँ वर्षमा प्रवेश गर्‍यो राकुटेन भाइबर

नेपालखबर
पुस २०, २०७७ सोमबार ६:१०,

राकुटेन भाइबर सेवा थालनीको दशौँ वर्षमा प्रवेश गरेको छ। सन् २०१० देखि सुवा सुरु गरेको भाइबर निःशुल्क, अन्तर्क्रियात्मक एवं सुरक्षित सन्देश आदानप्रदानको लागि एक घरेलु नाम बनिसकेको छ।

भाइबरले आफ्नोे सेवा सन् २०१० मा अन्तर्राष्ट्रिय मोबाइल प्रयोगकर्ताहरुलाई निःशुल्क कलहरुको सुविधा दिन एक वैकल्पिक सञ्चार माध्यम उपलब्ध गराउने सामान्य लक्ष्यका साथ सुरु गरेको थियो।

त्यस बेलादेखि यसले धेरै विकास गरिसकेको छ, उद्योग अवरोध गर्दै र एक बृहत्तर सञ्चार माध्यम बन्दै यसले हाल मेसेजिङ्ग, ग्रुप च्याट्स, अडियो भिडियो कलहरु, कम्युनिटीहरु र च्याटबटहरु जस्ता खास प्रकृतिका विशेषताहरु सहितको सेवा उपलब्ध गराइरहेको छ र यी सेवाहरु प्रदान गर्दागर्दै भाइबरले आफ्ना प्रयोगकर्ताहरु प्रतिको सबैभन्दा मुख्य प्रतिबद्धता उनीहरुको गोपनीयतालाई पनि कायमै राखिरहेको छ। यो सन् २०१४ को सन्दर्भ हो, जब भाइबर राकुटेन इनकर्पोरेटेडको एक हिस्सा बन्यो, जो वित्तीय सेवाहरु र इ–कमर्सको क्षेत्रमा विश्वको अग्रणी संस्था मानिन्छ।

सन् २०१८ मा गरिएको कम्युनिटीजको शुभारम्भ पनि कम्पनीको लागि एक बृहत कोसेढुँगा थियो, जसले एडमिनहरुलाई सुपरग्रुप च्याटको सिर्जना गरी असीमित संख्यामा मानिसहरुलाई सहभागी गराउन सशक्त बनाएको थियो। त्यसपछिको वर्षमा भ्वाइस कल विशेषताको सुरुवात गरिएको थियो। आज, भाइबर युटिलिटिहरु र फिनटेक तर्फ विस्तार हुँदै एक सर्व सुविधा सम्पन्न सञ्चार प्लेटफर्म बन्ने दिशामा सही तवरले अघि बढिरहेको छ, र त्यहि पनि प्रयोगकर्ताको गोपनीयताको संरक्षण गर्ने प्रतिबद्धताबाट भने यो कहिल्यै विमुख भएको छैन।

सन् २०२० मा भाइबरले एक नयाँ विशेषता प्रस्तुत ग¥यो जुन विशेषता महामारीको दौरानमा अत्यावश्य भएको प्रमाणित पनि भयो, जस्तै सहभागीहरुको अधिकतम संख्या दोब्रर गरेर एकपटकमा २० जनासम्मले एकसाथ कुरा गर्न सक्ने ग्रुप भिडियो र अडियो कलहरु, ग्रुप भिडियो कलहरु। नोभेम्बरमा भने कम्पनीले नवीनतम च्याटबट भुक्तानी माध्यम प्रस्तुत गरेर फिनटेकको संसारमा आफूले चालेको भविष्यको योजना विस्तारका बारेमा उद्घोष गरेको छ।

गएका वर्षहरुमा भाइबरले नेपालमा धेरै साझेदारीहरू पनि गरेको छ– इन्पÞm्लुएन्सर साझेदारी, २० भन्दा बढी मिडिया साझेदारी देखि लिएर क्यूएफएक्स जस्ता मनोरन्जन उद्योगमा पनि भाइबरले साझेदारी गरेको छ। भर्खरै, भाइबरले फिनटेकमा ईसेवा च्याट एक्सटेन्सन विस्तार सुरू गर्न पनि उन्नत भएको छ, जुन एक मेसेजिंग एप भन्दा बढी बनाउनको लागि स्तर अपग्रेड हो। यसैगरी टेलिकम्युनिकेशनमा एनटीसी, एनसेल र स्मार्टसेलको कम्युनिटि रहेको छ, र दराज जस्ता विभिन्न ईकमर्स साइटहरूसँग पनि व्यापार विकास साझेदारी गरिएको छ र हाल यसको प्लेटफर्ममा साझेदारको रूपमा १२ भन्दा बढी बैंकहरू छन्।

भाइबरले कहिले पनि नेपाली उत्सवको हिस्सा हुन छुट्याउँदैन। यसले नेपालमा विभिन्न उत्सव अभियानहरू पनि सुरू गरेको छ जस्तै बटहरु र मानिसहरुलाई डिजिटल रुपमा जोड्नका लागि दशैं, तिहार, होली र नेपालका अन्य चाडहरुका लागि लोकल स्टिकर प्याक पनि भाइबरले ल्याएको छ।

भाइबर जहिले पनि आफ्नो सीएसआर अभियानहरु मार्फत समुदायलाई फिर्ता दिन सक्रिय रहेको कम्पनीले जनाएको छ। यसले युनिसेफ नेपाल, युएन वुमन नेपाल, नेपाल पुलिस, एमओएचपी नेपाल र विश्वव्यापी रुपमा डब्ल्यूएचओको साथ सहकार्य गरी जनतालाई जानकारी दिन र आफ्ना प्रयोगकर्ताहरूलाई प्रमाणिक जानकारी प्रदान गर्न सहयोग पु¥याएको छ। हालै, भाइबरले आफ्नो कम्युनिटी प्लेटफर्महरुमा तीव्र वृद्धि देखेको छ। यसले नेपाली प्रयोगकर्ताहरूले बितेका वर्षहरूमा भाइबर प्रति देखाएको प्रेमको प्रमाण पनि दिन्छ।

“भाइबरको बितेको १० वर्षको यात्रा हामी प्रति आफ्नो व्यक्तिगत सञ्चारका साथ विश्वास गर्नु हुने करोडौं शुभेच्छुकहरुको साथ बिना सम्भव हुने थिएन र उनीहरुकै साथमा हाम्रो प्रगति आजको स्थानमा आइपुगेको छ’, राकुटेन भाइबरको सीईओ जमेंल अगाउवाले भने, ‘भाइबरमा हामी सधैं नै हाम्रा प्रयोगकर्ताहरुलाई विश्वसँग उनीहरुको सम्पर्क बनाइराख्नका लागि निःशुल्क र सुरक्षित माध्यम उपलब्ध गराउनमा प्रतिबद्ध छौं। हाम्रो जीवनको एक ठूलो हिस्सा प्रविधिहरुको निरन्तरताले लिएको परिप्रेक्ष्यमा डाटा गोपनीयता र सञ्चारको सुरक्षा झन महत्वपूर्ण बन्दै गएको छ।’ भाइबरका कामदारहरु यो संवेदनशील कार्यका लागि निरन्तर कठोर परिश्रम गर्न प्रतिबद्ध रहेको पनि उनको भनाइ छ।

‘यसको आरम्भ सबै मानिसहरुलाई उनीहरुका प्रियजनसँग सम्पर्क बनाइदिने एकदम सामान्य उद्देश्यबाट भएको थियो’, राकुटेन भाइबरका चिफ ग्रोथ अफिसर आना जमेंन्स्कायाले भनिन्, ‘आज विश्व अत्यन्त तिव्र गतिमा परिवर्तन भइरहेको छ, त्यसरी नै हामीले सञ्चार गर्ने माध्यमहरुमा पनि परिवर्तन आइरहेका छन्। भाइबरले सदैव आफ्ना प्रयोगकर्ताहरुका लागि अग्र स्थानमा रहने लक्ष्य लिएको छ, जुन हामी सधैं नै छौँ।’

दशौं वार्षिकोत्सवको एक अङ्गको रुपमा भाइबरले आफ्ना प्रयोगकर्ताहरु जसले यो सम्भव बनाइदिएको छ। उनीहरुका लागि आफ्नो ह्विल अफ फच्र्युन च्याटबटभित्र लाखौं उपहारहरुको अवसर प्रदान गरेर आफ्नो उत्सवलाई हर्षोल्लासपूर्वक मनाइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .