नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा पुनःस्थापना भएरै छाड्ने दावी गरेका छन्।
मंगलबार प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपाल प्रतिनिधि सभा पुनस्थापना भएरै छाड्ने दावी गरेका हुन्।
‘प्रतिनिधि सभा पुनःस्थापना हुन्छ, हुन्छ, हुन्छ, भएरै छाड्छ’, अध्यक्ष नेपालले भने।
उनले प्रतिनिधि सभा पुनःस्थापानको विकल्प नभएको बताए।
प्रतिक्रिया