ad ad

कारोबार


अलफर्दान एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरबीच रेमिटेन्स भुक्तानी सम्झौता

अलफर्दान एक्सचेन्ज र इसेवा मनि ट्रान्सफरबीच रेमिटेन्स भुक्तानी सम्झौता

नेपालखबर
पुस १४, २०७७ मंगलबार ९:४५,

इसेवा मनि ट्रान्सफर र यूएईको ख्यातिप्राप्त रेमिट्यान्स् सेवा प्रदायक कम्पनी अलफर्दान एक्सचेन्जबीच रेमिटेन्स कारोबार सम्झौता भएको छ।

यो सेवा सुरु भएसँगै यूएईमा रहेका नेपालीहरुले ‘अलफर्दान एक्सचेन्ज’ का ६५ वटा शाखाहरुबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा रकम पठाउन सकिनेछ।

नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्सफरका नेपालभर रहेका ८ हजार भन्दा धेरै एजेन्ट तथा इसेवावालेट एप मार्फत पनि प्राप्त गर्न सकिनेछ। त्यसैगरी बैंक खातामा पठाएइको रकम तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ।

रेमिटेन्स भुक्तानीसम्बन्धी सम्झौता पत्रमा इसेवामनि ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र अलफर्दान एक्सचेन्ज रेमिटेन्सको तर्फबाट पूर्व प्रमुखकार्यकारी अधिकृत ओसामाअल राहमाले हस्ताक्षर गरे।

इसेवामनि ट्रान्सफरले डिजिटल र एजेन्ट बेस रेमिटेन्स् सेवामार्फत विभिन्न मुलुकबाट रेमिटेन्स भित्राउँदै आएको छ। इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नुे उद्देश्य रहेको इसेवामनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .