ad ad

राजनीति


सबै नागरिकलाई निःशुल्क कोराना भ्याक्सिन उपलब्ध हुन्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

सबै नागरिकलाई निःशुल्क कोराना भ्याक्सिन उपलब्ध हुन्छ : स्वास्थ्यमन्त्री त्रिपाठी

नेपालखबर
पुस १२, २०७७ आइतबार ११:२६,

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका छन्।

आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरी सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने अठोट व्यक्त गरेका हुन्।

कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनैपनि ढंगले अपारदर्शी काम हुन नदिने पनि मन्त्री त्रिपाठीले बताए। खरिद प्रक्रियामा आफूलाई प्रभावित पार्न खोजे हस्ताक्षर नै नगर्ने समेत बताए। कुनैपनि कामलाई पारदर्शी गर्ने आफ्नो मान्यता रहेकोले त्यसमा साथ दिन मन्त्रालयका कर्मचारीहरुलाई आग्रह समेत गरे।

उनले भने, ‘जनतालाई हामी निःशुल्क भ्याक्सिन उपलब्ध गराउने अठोटका साथ अगाडि बढ्छौं। पारदर्शी ढंगले। कुनैपनि प्रोकुरमेन्ट, कुनैपनि खरिदमा कम्तिमा मेरो कार्यकालमा अपारदर्शी ढंगले हुँदैन। चोट जसलाई जति लागोस्, समस्या जसलाई जति परोस्, प्रभावित जो जतिसुकै होस तर म ॐ पनि लेख्दिन। मेरो हस्ताक्षरको त पछिको कुरा हो। यो मेरो आफ्नो मान्यता हो। यो मान्यतालाई साथ दिन यहाँहरुसँग आग्रह गर्न चाहन्छु।’

मन्त्री त्रिपाठीले मन्त्रालयको कार्य क्षेत्रभित्र कसैको हस्तक्षेप सहन नसक्ने समेत बताए। सबैले आ–आफ्नो कामको मात्रै चिन्ता गरेमा कुनैपनि समस्या उत्पन्न नहुने पनि मन्त्री त्रिपाठीले बताए। उनले छलफल र बैठक भन्दा पनि काम बढी गर्न कर्मचारीहरुलाई निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .