गृहमन्त्री रामबहादुर थापा नेकपाको ओली समूहमा लागेका छन् भने उनका सल्लाहकार सूर्य सुवेदी पथिक प्रचण्ड–नेपाल समूहमा लागेका छन्।
बिहीबार दिउँसो एक समयमा सुरु भएको नेकपाको दुई समूहको बैठकमा थापा बालुवाटार बैठकमा सहभागी भएका हुन भने उनका सल्लाकार समेत रहेका सुवेदी बबरमहलको बैठकमा सहभागी भएका हुन्।
सुवेदीले प्रचण्ड–नेपाल समूहको बैठमा सहभागी भएपछि गृहन्त्री थापाको सचिवालय र राजनीतिक सल्लाहकार नैतिकताका आधारमा छाडेको बताएका छन्।
‘गृहमन्त्री आदरणीय क. राम बहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक सल्लाहाकारको भूमिकामा आजबाट राजनीतिक र नैतिक दृष्टिले नरहेको जानकारी गराउंँछु’, सुवेदीले फेसबुकमा लेखेका छन्।
प्रचण्ड नेपाल समूहका एक केन्द्रीय सदस्यले थापा बैठकमा नआएको र उनकाल सल्लाहकार सुवेदी भने बैठमा सहभागी रहेको जानकारी दिए।
‘गृहमन्त्री थापा बैठकमा आउनु भएको छैन, उहाँ अर्कौ समूहतिर जानु भो भन्ने छ, तर उहाँका सल्लाहकार सुवेदी भने बैठकमा आउनु भएको छ’, ती नेताले नेपालखबरसँग भने।
उनले लुम्बिनी प्रदेशका आन्तरिक मामिला मन्त्री कुलप्रसाद केसी पनि बैठकमा सहभागी रहेको जानकारी दिए।
सुवेदी र केसीसमेत प्रचण्ड–नेपाल समूहमा आएपछि मन्त्री थापा ओली समूहको आफ्नो तर्फबाट एक्लै सहभागी भएका छन्। यसअघि ओली समूहमा पूर्व माओवादीका टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा खुलेरै लागिसकेका छन्।
यो पनि:
प्रतिक्रिया