मकवानपुरको हेटौँडाबाट पोर्न साइट चलाएर अश्लील भिडियो अपलोड गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका-४ पारिजात पथ बस्ने वर्ष ३६ को अस्लम अन्सारी रहेका छन्।
अन्सारीले मकवानपुर जिल्ला घर भई थाईल्याण्डको बैंकक बस्ने पारिजात (नाम परिवर्तित) को अर्धनग्न तथा नग्न तस्बीर, भिडियो पोर्न साइट समेतमा अपलोड गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
अन्सारीले उक्त अश्लील भिडियो हटाउनको लागि एक हजार ९८ डलर रकम बार्गेनिङ गरी महिलालाई हैरानी दिने गरेको अनुसन्धानका क्रममा खुलेको छ।
काठमाडौंबाट पक्राउ परेका अन्सारीविरुद्ध मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
त्यसैगरी सामाजिक सञ्जाल फेसबुकमा ईन्द्रायणी (परिवर्तित नाम) को फेक आईडी बनाई निजको आफन्त तथा नजिकका साथीहरुलाई यौनजन्य, अश्लील सन्देश तथा तस्विर पठाउने, यौन अश्लिलतायुक्त अनर्गल सामाग्री पोष्ट गरी अपमान गर्ने अर्का व्यक्रि पनि पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोरखा सुलिकोट गाउँपालिका–५ बारपाक घर भई हाल ललितपुर गोदावरी नगरपालिका–११ चापागाउँ बस्ने वर्ष २० को रोलकबहादुर थापा रहेका छन्।
थपामाथि पनि आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।
प्रतिक्रिया