ad ad

राजनीति


अहिलेको अवस्था विदेशीकाे डिजाइनमा : महरा

अहिलेको अवस्था विदेशीकाे डिजाइनमा : महरा

नेपालखबर
पुस ६, २०७७ सोमबार १२:२२,

पूर्व सभामुख एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य कृष्णबहादुर महराले नेपालमा अहिले भइरहेको घटनाक्रममा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको हात रहेको दाबी गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक नेता माणिकलाल गौतमको मृत्यु भएको १३ औं दिनमा आयोजित श्रद्धाञ्जलीसभालाई सम्बोधन गर्दै महराले अहिलेकाे परिस्थिति नेपालीकाे काबुमा नरहेकाे बताए।

‘अहिले भइरहेका घटना नेपालीको काबुभित्र मात्रै छैन,’ महराले भने, ‘देशभन्दा बाहिर धेरै परको डिजाइनबाट यो चलखेल भइहेको छ।’

उनले आफू बृहत् कम्युनिष्ट एकताका लागि निरन्तर लाग्ने बताए।

‘म बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकताको पक्षमा छु,’ उनले भने, ‘म कहाँ रहन्छु भन्ने कुरा महत्वपूर्ण होइन, मेरो आर्दश र सिद्धान्त नै बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकता हो।’

यस्तै उनले अहिले नेकपा विभाजित भइनसकेपनि विभाजनको संघारमा पुगेको उनले बताए।

‘हामी केही समय विभाजित हुन सक्छौं, तर हामी विभाजित मानसिकतामा रहनुहुँदैन’ उनले भने।

नेपाली कम्युनिष्ट आन्दोलनमा माणिकलाल गौतमका योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सच्चा कम्युनिष्टहरु एकता र सहकार्यको पक्षमा लाग्नुपर्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .