प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा भंग गर्ने कदमविरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।
कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको सो बैठकमा नेकपाका तर्फबाट कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता सहभागी छन्।
कांग्रेसबाट सभापति देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरु उपस्थित छन्।
प्रतिनिधि सभा भंग गर्ने ओली कदमविरुद्ध संयुक्तरुपमा आगामी कार्यक्रम घोषणा गर्नको लागि देउवाले संसदमा रहेका दलहरुको बैठक डाकेका हुन्।
75
Shares
प्रतिक्रिया