ad ad

राजनीति


प्रतिनिधिसभा विघटनविरुद्ध पोखरामा जलाइयो प्रधानमन्त्रीको पुत्ला

प्रतिनिधिसभा विघटनविरुद्ध पोखरामा जलाइयो प्रधानमन्त्रीको पुत्ला

नेपालखबर
पुस ६, २०७७ सोमबार १२:१२,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन्।

सोमबार पोखराको महेन्द्रपुलमा नेकपाका युवा र विद्यार्थी नेताहरुले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन्।

साँझ रानीपौवाबाट निस्केको डमी शवसहितको जुलुस नयाँबजार हुँदै महेन्द्रपुलमा आएर कोणसभामा परिणत भएको थियो। कोणसभाअघि प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो।

प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले गरेको लाठीचार्जबाट अनेरास्ववियूका केन्द्रीय नेता क्षितिज सापकोटा घाइते भएका छन्।

पुत्ला दहनपछि आयोजित कोणसभामा बोल्दै नेता सापकोटाले नेकपाको दुईतिहाइ निकटको संसद विघटन गरेर प्रधानमन्त्री ओलीले पतनको बाटो रोजको बताए। उनले संसदको प्रधानमन्त्री ओलीले हत्या गरेको भन्दै यसको सजाय भोग्नुपर्ने चेतावनी दिए। उनले शन्तिपूर्ण प्रदर्शनमा प्रधानमन्त्रीको इशारामा दमन हुन थालेको भन्दै त्यसको प्रतिरोध गर्ने चेतावनी समेत दिए।

‘आफ्नै पार्टीको बहुमत रहेको संसद विघटन गरेर के गर्न खोज्नु भएको हो?’, उनले प्रश्न गर्दै भने, ‘यसको मूल तपाईंले चुकाउनै पर्ने हुन्छ।’

कोणसभामा बोल्दै राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष प्रकाश पौडेलले प्रधानमन्त्री ओलीले पार्टी निर्णयविपरीत असंवैधानिक कदम चालेको भन्दै तत्काल सच्याउन माग गरे।

यसअघि आइतबार पनि नेकपाका युवा र विद्यार्थीहरुले पोखरामा प्रधानमन्त्रीको कदमविरुद्ध प्रदर्शन गर्नुका साथै पुत्ला जलाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .