सीमामा जारी तनाव कम गर्ने विषयमा भारत र चीनबीच ५ बुँदे सहमति भएको छ।
भारतस्थित चिनियाँ दूतावासका प्रवक्ता जी रोङले दुई देशबीच सीममा शान्ति कायम गर्ने सहमति भएकाे जानकारी दिएका हुन्।
चिनियाँ दूतवासले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार यस विषयमा दुई देशका प्रतिनिधिबीच भर्चुअल बैठक भएको हो।
बैठकमा सीमामा जारी तनाव कसरी कम गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो। दुवै पक्ष संवाद जारी राख्न सहमत भएका छन्।
समाचार एजेन्सी पिटाईका अनुसार भारतीय विदेश मन्त्रालयका अनुसार दुवै देशका प्रतिनिधिले पूर्वी लद्दाखकाे परिस्थितिबारे समीक्षा गरेका छन्।
दुई देशबीच भएका सातौँ र आठौँ सैन्य वार्ताले सीमामा शान्ति कायम गर्न मद्दत पुगेकाे भारतीय विदेश मन्त्रालयले जनाएकाे छ।
गत जुन १५ मा पूर्वी लद्दाखमा भारत र चीनका सेनाबीच झडप हुँदा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। चीनतर्फ भएको क्षतिबारे अहिलेसम्म आधिकारिक जानकारी आएको छैन।
त्यसयता दुई देशबीच सीमा क्षेत्रमा विवाद जारी छ। यो समाधानका लागि भारत र चीनबीच पटकपटक वार्ता भएका छन्। एजेन्सी
Shares
प्रतिक्रिया