ad ad

राजनीति


नेकपा स्थायी समिति बैठक तीनघण्टा ढिला सुरु, अध्यक्ष ओली पनि उपस्थित

नेकपा स्थायी समिति बैठक तीनघण्टा ढिला सुरु, अध्यक्ष ओली पनि उपस्थित

नेपालखबर
पुस १, २०७७ बुधबार १०:२०,

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली समेत उपस्थित भएपछि नेकपाको स्थायी समिति बैठक सुरु भएको छ।

अपरान्ह १ बजेका लागि बोलाइएको बैठकको एजेन्डाबारे ओलीले आपत्ति जनाएपछि बैठक तीन घण्टा ढिला सुरु भएको हो।

ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावबारे छलफल गर्नेभए आफू बैठकमा नआउने बताएपछि बैठक ढिला भएको हो।

दुई अध्यक्षबीच बैठकको एजेन्डाबारे नै विवाद भएपछि त्यसबारे छलफल गर्न महासचिवसहित दुई अध्यक्षबीच दुई चोटि छुट्टै छलफल भएको थियो।

आज बुधबार १ बजेका लागि बोलाइएको स्थायी समिति बैठक बस्नुअघि पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली, कार्यकारी प्रचण्ड र महासचिव पौडेलबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो।

यो पनि: 
बैठकको एजेन्डाबारे विवाद भएपछि महासचिवसहित ओली–प्रचण्ड फेरि छलफलमा

ओलीले प्रचण्डलाई भने- प्रतिवेदनमाथि छलफल गर्ने भए बैठकमा आउँदिन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .