ad ad

राजनीति


कमानसिंहको निधनप्रति शोक व्यक्त गर्दै प्रचण्डले भने : नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमायो

कमानसिंहको निधनप्रति शोक व्यक्त गर्दै प्रचण्डले भने : नेकपाले जुझारु बौद्धिक व्यक्तित्व गुमायो

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार ७:४१,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वराजदूत कमानसिंह लामाको निधनप्रति दुःख व्यक्त गर्दै उनको निधनले नेकपाले जुझारु एवं बौद्धिक व्यक्तित्व गुमाएको बताएका छन्।

कोरोना संक्रमण देखिएपछि दुई साता अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका ६९ वर्षीय लामाको बुधबार राति ११ बजे निधन भएको थियो।

अध्यक्ष प्रचण्डले बिहीबार बिहान दिएको शोक सन्देशमा नेपाली कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका लामालाई हक्की र निडर तथा जातीय पहिचान र आत्मनिर्णयको अधिकारको आन्दोलनमा अग्रमोर्चामा रहनुभएको स्मरण गरेका छन्।

‘जुझारु, बौद्धिक व्यक्तित्वका धनी कमरेड लामाको निधनले संविधानको पूर्ण कार्यान्वयन र जनताको अधिकार स्थापित गर्न उहाँको अभावको महसुस गरेको छु’, प्रचण्डद्वारा जारी शोक सन्देशमा भनिएको छ।

अध्यक्ष दाहालले दिवङ्गत नेता लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनमा समवेदनासमेत व्यक्त गरेका छन्।

काभ्रेमा २००८ साल फागुन ९ गते जन्मिएका लामा २०३३ सालमा निर्मल लामा नेतृत्वको नेकपा (चौम)बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका थिए। २०३५ सालमा अखिल नेपाल युवा संघको केन्द्रीय संस्थापक बनेका उनी सदस्य बनेका थिए।

विसं २०४८ को आमनिर्वाचनमा उनी जनमोर्चा नेपालबाट काभ्रेपलाञ्चोकको तत्कालीन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।

विसं २०६३ मा पुनःस्थापित व्यवस्थापिका–संसद्को सदस्य बनेका लामा दक्षिण कोरियाका राजदूतसमेत रहेर आफ्नो भूमिका निर्वाह गरेका छन्।

दिवंगत लामाका श्रीमती, एक छोरा र चार छोरी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .