ad ad

फोटोफिचर


खुल्यो चिडियाखाना, अवलोकनका लागि यस्ता छन् नियम (फोटोफिचर)


प्रविन कोइराला
मंसिर २५, २०७७ बिहिबार ७:२५,

कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न भन्दै गत चैत ७ गतेबाट बन्द ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको छ।

चिडियाखाना व्यवस्थापन प्रमुख डा. चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई बिहीबारदेखि चिडियाखाना खुला गरिएको जानकारी दिए।

सुरक्षाका मापदण्डमा अवलोकनकर्ताले अनिवार्य मास्क ल्याउनुपर्ने, एकपटकमा ८ सय मानिसले मात्र अवलोकन गर्न पाइने, चिडियाखानाभित्र बसेर खान र जीवजनावरलाई खुवाउन, छुन नपाउने, एक व्यक्ति बढीमा दुईदेखि साढे दुई घण्टामा बाहिर निस्कनुपर्ने र बालबालिकालाई खेलाउन नपाउनेजस्ता रहेका छन्।

भित्र जानेको संख्याजस्तै बाहिर निस्कनेको संख्या पनि गणना गरिने र जति जना बाहिर निस्कन्छन् सोही बराबरको संख्यामा नयाँ अवलोकनकर्तालाई प्रवेश दिइने मापदण्ड रहेको छ।

हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ जीवजनावर रहेका छ। त्यहाँका मुख्य आकर्षणका रूपमा बाघ, भालु, चितुवा र रातो हाब्रे छन्।

चिडियाखाना अवलोकन गर्न विदेशीका लागि रु ७५०, सार्क देशका लागि रु ५ सय, नेपालीलाई रु १५० र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकका लागि रु ९० शुल्क निर्धारण गरिइएको छ।

प्रवेशका लागि पहिलेजस्तो टिकट लिन लाम बस्न नपर्ने व्यवस्था गरिएको छ। चिडियाखानाको वेबसाइट वा इसेवामार्फत टिकट काट्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ।

हेरौँ तस्बिरमाः

Zoo1_1.jpg

Zoo2_1.jpg

Zoo3_1.jpg

Zoo4.jpg

Zoo5.jpg

Zoo6.jpg

Zoo7.jpg

Zoo8.jpg

Zoo9.jpg

Zoo10.jpg

Zoo11.jpg

Zoo12.jpg

Zoo13.jpg

Zoo14.jpg

Zoo15.jpg

Zoo16.jpg

Zoo17.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .