ad ad

कारोबार


उद्योग वाणिज्य महासंघले वैदेशिक रोजगार फोरम स्थापना गर्ने

उद्योग वाणिज्य महासंघले वैदेशिक रोजगार फोरम स्थापना गर्ने

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार ७:४६,

नेपाल उद्योग वाणिज्य महासंघले वैदेशिक रोजगार फोरम स्थापना गर्ने भएको छ।

महासंघका अध्यक्ष शेखर गोल्छाले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न महासंघभित्र वैदेशिक रोजगार फोरम स्थापना गरिने बताएका हुन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई एवं शुभकामना दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्।

महासंघभित्र स्थापना हुने फोरमले वैदेशिक रोजगार व्यवसायीका समस्या समाधान गर्न सबै व्यवसायीसँग सहकार्य गर्ने बताए।

देशमा रेमिट्यान्स भित्र्याई अर्थतन्त्रलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्ने वैदेशिक रोजगार व्यवसायीलाई थप सम्मानित र व्यवस्थित बनाउन आफूले महासंघबाट प्राथमिकताका साथ काम गर्ने पनि अध्यक्ष गोल्छाले बताए।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक व्यवसायीका समस्या समाधान गर्न आफू विगतदेखि नै लागिपरेको बताए।

देशमा रेमिट्यान्स भित्र्याउन योगदान गर्ने व्यवसायीहरुका समस्या समाधान गर्ने विषयमा सँधै पक्षमा रहेर वकालत गरेको पनि ढकालले बताए। अब पनि महासंघमा बसेर वैदेशिक रोजगार क्षेत्रलाई थप मर्यादित बनाउन भूमिका खेल्ने बताए।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायीहरुले आफुहरुमाथि राज्यले हेर्ने दृष्टिकोणमा नै परिवर्तन हुनुपर्ने बताएका छन्। त्यसमा महासंघको साथ आवश्यक रहेको पनि व्यवसायीहरुले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .