ad ad

राजनीति


काठमाडाैंमा दक्षिण एसिया वायु गुणस्तर टेकक्याम्प

काठमाडाैंमा दक्षिण एसिया वायु गुणस्तर टेकक्याम्प

नेपालखबर
साउन १४, २०७६ मंगलबार १५:५९,

अमेरिकी दूतावासले काठमाडौं लिभिङ् ल्याब (केएल्एल्) सँगको साझेदारीमा साउन १४-१५ गते दुई दिने दक्षिण एसिया वायु गुणस्तर टेकक्याम्पको आयोजना गरेको छ।

टेकक्याम्पमा बङ्गलादेश, भुटान, भारत, मालदिभ्स, नेपाल, पाकिस्तान, र श्रीलङ्का गरी सात वटा दक्षिण एसियाली देशका सहभागीले वायुको गुणस्तरबारे सार्वजनिक चासोबारे संयुक्त छलफल गरेका हुन्।

उद्‍घाटन समारोहमा बोल्दै राजदूत र्‍यान्डी बेरीले साना बालबालिकाहरूका संज्ञानात्मक सिपमा उच्च प्रदूषणले दीर्घकालीन असर पार्न सक्ने चिन्ता व्यक्त गरे। 'वायु प्रदूषणले सार्वजनिक स्वास्थ्य, अर्थतन्त्र, र यस क्षेत्रकै पर्यावरणमा ठुलो क्षति पुर्‍याउँछ, त्यसैले क्षेत्रीय प्रतिकार्य आवश्यक छ। हालको वायु प्रदूषण सङ्कटको समाधान खोज्नु चुनौतीपूर्ण छ, तसर्थ हामी महत्त्वाकाङ्क्षी हुनैपर्छ,' राजदूत बेरीले भने।

कार्यक्रमका धेरै प्रस्तुतिकर्ताहरू काठमाडौंजस्तै चरम वायु प्रदूषणसँग भिड्दै गरेका नयाँ दिल्ली, कोलकाता, लाहोर, ढाका, र कराँची लगायतका सहरहरूबाट थिए। कार्यक्रमले यस क्षेत्रमा रहेका वायु प्रदूषणका समस्याहरूको समाधानका निम्ति सहभागीहरूलाई उनीहरूको आवाजलाई बुलन्द गर्न अत्याधुनिक तथा नवीन साधन र प्रविधि प्रदान गरी मद्दत गर्ने विश्वास लिइएको छ।

वायु प्रदूषण समस्याका राजनीतिक, सामाजिक, र वैज्ञानिक पाटाहरूलाई सम्बोधन गर्ने र नागरिक समाज, सञ्चार माध्यम र अन्य प्रभावकर्ताहरूको सरकारहरूसँग कार्य गर्ने, जनतालाई सशक्त बनाउने र दक्षिण एसियामा वायुको गुणस्तर सुधार कार्य गर्ने क्षमता अभिवृद्धि गर्ने लक्ष लिएको छ।

टेकक्याम्पले कार्यक्रमको एक अंश स्वरूप सहभागीहरूलाई तिनका नवआर्जित सिपहरूको प्रयोग र प्राविधिक समाधानहरूको कार्यान्वयन गर्नमा मद्दत पुर्‍याउन तयार पारिएका साना अनुदानहरूमार्फत कार्यक्रमपछिका प्रयासहरूलाई आर्थिक स्रोत उपलब्ध गराउने योजना राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .