लद्दाख नजिकका सीमा क्षेत्रहरुमा निगरानी बढाउनका लागि भारतले ५ सय करोड रुपियाँ बराबरको आक्रमण गर्ने क्षमता भएका ड्रोनहरु खरिद गर्न लागेको समाचार संस्था एएनआईले जनाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको योजना अनुसार भारतले इजरायलबाट इजरायली हेरोन ड्रोन र अमेरिकाबाट अमेरिकन मिनी ड्रोन खरिद गर्नेछ।
ड्रोन खरिद गर्ने विषयको सम्झौता अन्तिम चरणमा पुगेको र यस सम्झौतामा आगामी महिना हस्ताक्षर हुने बताइएको छ।
अहिले भारत र चीनबीच सीमा विवाद जारी रहेको अवस्थामा यी ड्रोन खरिदको विषयलाई महत्वका साथ हेरिएको छ।
जाडो महिना सुरु हुनलाग्दा सीमामा प्रत्यक्ष रुपमा गस्ती गर्न गाह्रो हुन्छ र ड्रोनहरुको माध्यमबाट गस्ती गर्न सजिले हुने विश्वास गरिएको छ।
प्रतिक्रिया