ad ad

राजनीति


श्रृंगलाको प्रतिबद्धता : भारतमा कोभिड भ्याक्सिन बन्नासाथ नेपाललाई प्राथमिकता दिइनेछ

श्रृंगलाको प्रतिबद्धता : भारतमा कोभिड भ्याक्सिन बन्नासाथ नेपाललाई प्राथमिकता दिइनेछ

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार ७:३१,

नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले भारतमा बन्ने कोभिड–१९ विरुद्धको भ्याक्सिन नेपाललाई प्राथमिकताका साथ उपलब्ध गराइने बताएका छन्।

विश्वमै सबैभन्दा धेरै भ्याक्सिन उत्पादन गर्ने देश भएको भारत यस लडाइको अग्रपङ्तीमा खटिरहेको र आफ्नो देशमा धेरै वटा भ्याक्सिन निर्माणमा काम भैरहेको उनले बताए। विदेशसचिव श्रृंगलाले ती भ्याक्सिन तयार हुनासाथ नेपाललाई प्राथमिकताका साथ उपलब्ध गराइने बताएका हुन्।

‘भारतमा कोभिडका पाँच भ्याक्सिन बनिरहेका छन्। ती परीक्षणको अन्तिम चरणमा छन्। म नेपाली जनतालाई सुनिश्चित गराउन चाहन्छु कि भ्याक्सिन बन्नेबित्तिकै नेपालको आवश्यकता अनुसार आपुर्ति गर्ने हाम्रो प्राथमिकतामा हुनेछ,’ एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्सले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘भारतमा जस्तो जेनेटिक प्रोफाइलमा भ्याक्सिनले काम गर्छ नेपालमा पनि त्यसले काम गर्नेहुँदा यो उपयुक्त हुनेछ’

यो महामारीमा नेपाल र भारत दुवै देश सँगै लडिरहेको र सँगै यसमाथि जित हासिल गर्ने उनले बताए।।

बिहीबार परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई २ हजार डोज रेम्डिसेभिर हस्तान्तरण गरेका भारतीय विदेशसचिवले सो कुरा समेत स्मरण गरे।

उनले भने ‘कोभिड महामारी दोस्रो विश्वयुद्धपछि विश्वमाथि आइपरेको सबैभन्दा ठूलो कठिनाइ हो। समाजमा यसले निकै विध्वंसात्मक प्रभाव पारेको छ। हामी दुवै देश पनि निकै प्रभावित भएका छौ। हामीले यसलाई सँगै जित्नेछौं।’

श्रृंगलाले २०७२ सालमा नेपालमा गएको भूकम्पको समयमा पनि नेपालमा सबैभन्दा चाँडो सहयोग गर्ने देश भारत नै भएको उनले बताए।

आफ्नो मन्तव्यको सुरुवात र अन्त्य नेपाली भाषामा गरेका भारतीय सचिव श्रृंगलाले भारतले नेपालमा गलगाँड नियन्त्रण गर्न चलाएको आयोडिनयुक्त नुनको कार्यक्रमदेखि भौतिक पूर्वाधार विकासमा खेलेको भूमिकाबारे विस्तृत चर्चा गरे।

नेपालको समृद्ध नेपाल, सुखी नेपाली र भारतका सबैका साथ सबका विकासको अवधारणा एक अर्कोसँग मिल्ने उनको धारणा छ।

श्रृंगलाले नेपाल र भारतबीचको सम्बन्धका चारवटा खम्बाको रुपमा निश्चित क्षेत्रहरुलाई औल्याए। ती क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्ने उनको धारणा छ।

उनले विकास सहायता, अझ मजबुत कनेक्टिभिटी, वृहत पूर्वाधार र आर्थिक परियोजनाहरु नेपाल र भारत सम्बन्धका चार खम्बा भएको बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .