ad ad

कारोबार


मैले आफ्नो व्यवसायमा धेरै काम गरेँ, अब महासंघमा सेवा गर्छुः रामचन्द्र संघई

मैले आफ्नो व्यवसायमा धेरै काम गरेँ, अब महासंघमा सेवा गर्छुः रामचन्द्र संघई

नेपालखबर
मंसिर १२, २०७७ शुक्रबार ७:३२,

व्यवसायी रामचन्द्र संघई नेपाल उद्योग वाणिज्य संघको जारी निर्वाचनमा एसोसिएटतर्फको उपाध्यक्षका उम्मेदवार हुन्।

महासंघमा नयाँ कार्यसमिति छान्न व्यवसायीहरु अहिले चुनावमा होमिएका छन्। यही सन्दर्भमा आज बन्दसत्र सुरु भएको छ। बन्दसत्रमा उम्मेदवारहरुले बोलिरहेका छन्।

संघईले पनि अब महासंघमा बसेर काम गर्ने इच्छा भएको कारणले महासंघको एसोसिएट तर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको बताएका छन्।

उनले आजको बन्दसत्रमा बोल्दै आफ्नो व्यवसयामा १५ हजार बढीलाई रोजगारी दिन सफल रहेको बताउँदै अब महासंघमा पनि ठूलो योगदान गर्ने लक्ष्यसाथ उम्मेदवारी दिएको बताए।

सरकारले यही वर्ष धेरै वस्तु निर्यात गर्ने व्यवसायीको रुपमा आफू सम्मानित भएको उनले जानकारी गराए।

उनले भने, ‘योभन्दा अघि महासंघको कार्यसमितिमा समेत रहेको काम गरिसकको छु, अब आफ्नो अनुभव महासंघमा गएर प्रयोग गर्नेछु।’

उनले आफ्नो प्यानलको नेतृत्व गर्ने चन्द्र ढकाल एक गतिशील व्यक्ति भएकोले राम्रो काम गरेर देखाउने दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .