ad ad

राजनीति


भारतीय विदेशसचिव श्रृंगलाले काठमाडौंमा सार्वजनिक प्रवचन दिने

भारतीय विदेशसचिव श्रृंगलाले काठमाडौंमा सार्वजनिक प्रवचन दिने

नेपालखबर
मंसिर १०, २०७७ बुधबार ११:३०,

बिहीबार दुईदिने नेपाल भ्रमणमा आउन लागेका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले शुक्रबार नेपाल भारत सम्बन्धबारे एक सार्वजनिक कार्यक्रममा प्रवचन दिने भएका छन्।

एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफेयर्स (एआईडीआईए)ले सचिव श्रृंगलाको प्रवचन आयोजना गर्न लागेको हो।

‘एआइडिआआइएले गर्दै आएको सार्वजनिक कुटनीतिक प्रवद्र्धनको सिलसिलाकै रुपमा यो महत्वपूर्ण प्रवचन आयोजना गर्न लागिएको हो,’ एआईडीआईएका संस्थापक तथा प्रमुख कार्यकारी सुनिल केसीले भने, ‘यो प्रवचनले द्विपक्षीय मामिलाको विषयलाई सुझबुझयुक्त सुल्झाउनका लागि महत्वपूर्ण हुनेछ।’

सो कार्यक्रममा कुटनीतिज्ञ, अध्येता, राजनीतिक वृत्तका व्यक्तित्व, सरकारी निकाय तथा कुटनीतिक नियोगका प्रतिनिधि, प्राज्ञ, व्यापारी तथा सञ्चारकर्मीको सहभागिता रहने जनाइएको छ। ती प्रवचनहरु एआईडीआईएको फेसबुक तथा युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिने समेत सो संस्थाले जनाएको छ।

दुईदिने नेपाल भ्रमणमा बिहीबार नेपाल आइपुग्ने भारतीय विदेशसचिव श्रृंगलाले नेपाल रहँदा उनका समकक्षी परराष्ट्रसचिव भरतराज पौड्यालसँग द्विपक्षीय सहकार्यको विविध विषयमा वार्ता गर्नेछन्।

त्यसैगरी उनले उच्चस्तरीय भेटघाट पनि गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .