नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार भनिएका एक जनालाई आज पक्राउ गरेको छ।
गत असोज २९ गते काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित ग्लोबल आइएमई बैँकमा कार्यरत चौकीदारलाई खुकुरी प्रहार गरी फरार भएका काठमाडौँ थापागाउँका शशि थापालाई बुधबार अपराह्न पक्राउ गरेको हो।
वृत्त बानेश्वरको टोलीले उनलाई बानेश्वरबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए।
डीएसपी विष्टले पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए।
141
Shares
प्रतिक्रिया