ad ad

राजनीति


चिनियाँ रक्षामन्त्री आउनुअघि प्रचण्डसँग राजदूत होउको भेटवार्ता

चिनियाँ रक्षामन्त्री आउनुअघि प्रचण्डसँग राजदूत होउको भेटवार्ता

नेपालखबर
मंसिर ८, २०७७ सोमबार ४:२५,

नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन्।

प्रचण्डसँग भेटवार्ता गर्न राजदूत हाउ सोमबार बिहान करिब ९ बजे खुमलटार पुगेकी थिइन्। प्रचण्डसँग उनले करिब डेढ घण्टा भेटवार्ता गरेको खुमलटार निकट उच्च स्रोतले जनाएको छ।

सत्तारुढ नेकपाभित्रको विवादले विभाजनको रुप लिन लागिरहेका बेला चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङहे मंसिर १४ गते काठमाडौं ओर्लंदै छन्। यही सन्दर्भमा प्रचण्डलसँग राजदूत होउले छलफल गरेको बुझिएको छ।

केही दिअघि राजदुत होउले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी थिइन्।

सत्तारुढ नेकपामा पटक पटक विवाद बल्झिँदा चीनले राजदुत होउ मार्फत राजनीतिक स्थिरता र विकासका लागि भन्दै पार्टी विभाजन नगर्न सुझाव दिँदै आएको छ।

करिब एक वर्षदेखि चीनबाट उच्च राजनीतिक भ्रमण नभइरहेका बेला रक्षामन्त्री वेइ नेपाल आउन लागेका हुन्। चीनका राष्ट्रपति सी चिनफिङले गतवर्ष अक्टोबर १२–१३ मा भ्रमण गरेयता नेपाल आउने पहिलो उच्च चिनियाँ अधिकारी हुनेछन्।

चीन र भारतबीच सीमा विवाद चर्किरहेका बेला अमेरिका र भारतले पछिल्लो समय यस रक्षा गठबन्धन बढाउँदै लगेका छन्।

केही समययता दक्षिणी छिमेकी भारतको प्रशासनिक तथा सुरक्षा निकायका उच्च अधिकारीहरु नेपाल भ्रमणमा आउने क्रम बढिरहेका बेला उत्तरी छिमेकी चीनबाट हुन लागेको उच्च राजनीतिक भ्रमणलाई महत्वका साथ हेरिएको छ।

यो पनिः
चीनका रक्षामन्त्री दश दिनभित्र नेपाल आउँदै 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .