ad ad

राजनीति


सूर्यबहादुर केसीको ठाउँमा आज मोहनप्रसाद पाण्डेले सांसदको शपथ लिँदै

सूर्यबहादुर केसीको ठाउँमा आज मोहनप्रसाद पाण्डेले सांसदको शपथ लिँदै

नेपालखबर
मंसिर ८, २०७७ सोमबार ४:२१,

प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि खाली भएको स्थानमा आज (सोमबार) मोहनप्रसाद पाण्डेलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइँदै छ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य ६३ वर्षीय केसीको गत कात्तिक १७ गते निधन भएपछि संघीय संसदकाे एक समानुपातिक सिट रिक्त रहेकाे हाे। 

त्यही ठाउँमा पाण्डेलाई आज दिउँसो १ बजे सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारस्थित संघीय संसद सचिवालयमा पदकाे शपथ ग्रहण गराउने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको हो।

स्याङ्जा बिर्घाका बासिन्दा पाण्डे यसअघि पहिलाे संविधान सभामा पनि सदस्य थिए।

याे पनि: 
प्रतिनिधि सभाका सांसद सूर्यबहादुर केसीको निधन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .