ad ad

राजनीति


अमेरिका–चीन विवादबीच ६० वर्षमा पहिलोपटक तिब्बती नेता ह्वाइट हाउस पुगे

अमेरिका–चीन विवादबीच ६० वर्षमा पहिलोपटक तिब्बती नेता ह्वाइट हाउस पुगे

नेपालखबर
मंसिर ७, २०७७ आइतबार ८:१०,

चीन र अमेरिकाबीच व्यापार, प्रविधि लगायत विभिन्न विषयमा विवाद जारी रहँदा तिब्बतका निर्वासित सरकारका प्रमुख डाक्टर लोबसांग सांगे ह्वाइट हाउस भ्रमणका लागि पुगेका हुन्।

टाइम्स अफ इन्डियाका अनुसार सांगेले शुक्रबार ह्वाइट हाउसमा तिब्बत मामिलाका नवनियुक्त समन्वयक रोबर्ट डेस्ट्रोसँग भेटघाट गरे।

तिब्बतका निर्वासित सरकारको कुनैपनि नेताले ६ दशकमा पहिलोपटक अमेरिकाको औपचारिक भ्रमण गरेका हुन्।

सांगेको अमेरिका भ्रमणले चीन र अमेरिकाबीचको सम्बन्ध थप चिसिने अनुमान गरिएको छ।

केन्द्रीय तिब्बती प्रशासन सीटीएको लागि तिब्बती नेताको भ्रमण ऐतिहासिक कदम भएको विश्लेषकहरु बताउँछन्।

सीटीएको मुख्यालय भारतको हिमाचल प्रदेशको धर्मशालामा छ।

सीटीएका प्रवक्ता भन्छन्,‘हामीलाई खुशी लागेको छ कि दुई लोकतान्त्रिक मूलुकले एकअर्कालाई मान्यता दिइरहेका छन्। सीटीए र यसका नेतालाई ह्वाइट हाउसमा स्वागत गरिनु राम्रो सुरुवात भन्न मिल्छ।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .